मधेशबिरुद्ध उभिने कुनै पार्टी छ भने त्यो नेपाली कांग्रेस नै हो, मधेशी जनताले अब कांग्रेसलाई बढार्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं, भदौं २९ । एमाले बरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेसलाई बाइबाई नगर्दासम्म तराई मधेशको बिकाश हुन नसक्ने ठोकुवा गर्नुभएको छ । तराई मधेश बिरोधी नेपालमा कुनै पार्टी छ भने त्यो नेपाली कांग्रेस मात्रै रहेको तथ्य राख्दै आगामी स्थानीय तह निर्वाचनमा मधेशबाट कांग्रेसलाई बढार्नु पर्ने बताउनु भयो ।

‘नेपालमा मधेश बिरोधी कुनै पार्टी छ भने त्यो नेपाली कांग्रेस नै हो, कांग्रेसले कहिल्यै पनि तराई मधेशको हितमा सोच्दै सोचेन, केवल आफ्नो दाश बनाएर राख्ने षडयन्त्र गर्यो,’ प्रदेश २ को निवाृचनको सन्दर्भमा एमाले केन्द्रीय कार्यालयले गरेको फेसबुक लाइभमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता खनालले भन्नुभयो, ‘मधेशलाई कहिल्यै राम्रो नसोच्ने, जसरी हुन्छ भ्रममा राखेर जनता टग्ने मधेश बिरोधी कांग्रेसलाई अवको निर्वाचनमा मधेशबाट बढार्नु पर्छ ।’

खनालले लामो समय सरकार चलाएको कांग्रेसले मधेशको पक्षमा के काम गर्यो ? किन मधेश सधै पछि पर्यो ? भन्ने तथ्य अव मधेसी जनताले बुझ्नु पर्ने बताउनु भयो । नागरिकताको समस्याददेखि बिकाश निर्माणका योजनामा समेत कांग्रेस र मधेशी दलका नेताहरुले मधेशलाई अपमान गरेको भएपनि एमालेले ती सवै काम गरेको बताउनु भयो ।

नेपालमा मधेश बिरोधी कुनै पार्टी छ भने त्यो नेपाली कांग्रेस नै हो, कांग्रेसले कहिल्यै पनि तराई मधेशको हितमा सोच्दै सोचेन, केवल आफ्नो दाश बनाएर राख्ने षडयन्त्र गर्यो, मधेशलाई कहिल्यै राम्रो नसोच्ने, जसरी हुन्छ भ्रममा राखेर जनता टग्ने मधेश बिरोधी कांग्रेसलाई अवको निर्वाचनमा मधेशबाट बढार्नु पर्छ

‘मेरो नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको आधारमा नागरिकता दिने निर्णय गरेको हो, त्यो निर्णय गर्दा कांग्रेसले आपत्ति जनाएको थियो,’ खनालले भन्नुभयो , ‘मधेशका सवै नागरिक ढुक्क भए हुन्छ, नेकपा एमाले रहेसम्म नेपाली भुमीमा रहेका कुनै पनि नागरिक नागरिकता बिहीन हुने छैनन, हामी नागरिकता दिलाएरै छाडछौं ।’

खनालले बिदेशीलाइृ भने कुनै हालतमा नेपाली नागरिकता दिन नसकिने बटम लाइन सुनाउनु भयो । ‘नेपालको भूमीभित्र बस्ने कुनै पनि नागरिक नागरिकता बिहिन हुने छैनन, कुनै पनि बिदेसीले नेपाली नागरिकता पाउने छैनन,’ खनालले भन्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।