यस्तो छ प्रदेश २.नम्बरमा एमालेको बहुमत ल्याउने मिसन, ८ जिल्लामा कुन नेता कहाँ ?

काठमाडौं । प्रदेश.२ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेले प्रचारप्रसारलाई तिब्रता दिएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक सबै नेता तराईंमै केन्द्रित भएको बेला ओली समेत शुक्रबार तराई झर्ने भएका छन्।
प्रदेश नं. २ का ८ वटा जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा एमालेले चुनावी सभाहरु केन्द्रित गरेको एमाले प्रचार विभागका उपप्रमुख सुर्य थापाले जनाएका छन् ।

यसक्रममा अध्यक्ष केपी शर्मा ओलीले प्रचारप्रसारको अन्तिम दिन भदौ ३० गते बाराको जितपुर–सिमरा उपमहानगरपालिका तथा महोत्तरीको बर्दिबास नगरपालिकालगायतका चुनावी सभाहरु र कार्यक्रमहरुलाई सम्बोधन गर्ने भएका छन् ।

त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले पनि सोही दिन बाराका विभिन्न स्थानीय तहका कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।अर्का पार्टी नेता माधवकुमार नेपाल प्रदेश नं। २ का विभिन्न जिल्लामा यसअघिबाटै सक्रिय रहेका छन् । नेपालले गृहजिल्ला रौतहटका साथै बारा, पर्सा, महोत्तरीलगायतका जिल्लाका चुनावी भेला, सभालाई सम्बोधन र उम्मेदवारहरुसँग घरदैलो पनि गरिरहेका छन् ।

उनले भदौ ३० मै सिरहाको गोलबजार नगरपालिका लगायतका स्थानमा हुने चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी उपाध्यक्ष वामदेव गौतम र भीम रावल पनि यस प्रदेशका विभिन्न जिल्लाका चुनावी कार्यक्रमहरुमा सक्रिय बनेका छन् ।
एमालेका महासचिव ईश्वर पोखरेल वीरगञ्ज महानगरपालिकामा बढी केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रमहरुमा जुटेका छन् । पोखरेल भोलि सिरहा र सप्तरीका कार्यक्रमहरुमा सहभागि हुने एमालेले जनाएको छ । त्यस्तै पार्टी सचिव प्रदीप ज्ञवाली,सचिव भीम आचार्य, सचिव गोकर्ण विष्ट पनि २ नम्बरका जिल्लामा सक्रिय रहेका छन् । उता, प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डल एक महिनादेखि मधेसमै छन् ।

८ वटा जिल्लामा कुन नेता कहाँ खटिए

सर्लाही
माधवकुमार नेपाल
बारा
वामदेव गौतम
वलवीरप्रसाद चौधरी
दिनेश राई
महोत्तरी
ईश्वर पोखरेल
योगेश भट्टराई
रामदयाल मण्डल
सरोज यादव
सिरहा
प्रदीप ज्ञवाली
लीलानाथ श्रेष्ठ
ममता गिरी
रामचन्द्र यादव
धर्मनाथप्रसाद साह
गंगा यादव
सप्तरी
भीम आचार्य
सत्यनारायण मण्डल
रामप्रित पासवान
शान्ता चौधरी
सुमन प्याकुरेल

धनुषा
शत्रुघन महतो
रघुवीर महासेठ
श्रीप्रसाद शाह
यदुवंश झा
रत्नेश्वरलाल गोइत
जुलीकुमारी महतो
सुधीर साह
पर्सा
नागेन्द्र चौधरी
रामचन्द्र साह
सर्लाही
लालबाबु पडित
लक्ष्मण पौडेल
रविन्द्र बैठा
कमलादेवी महतो
रौतहट
डा. वंशीधर मिश्र
कल्याणी खड्का
सरला यादव
मेटमणि चौधरी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।