यस्तो छ प्रदेश २ मा एमाले माहौल, ७० भन्दा बढी स्थानीय तह जित्ने दावी कायमै…

सर्लाही, ३० भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह चुनावमा ७० भन्दा बढी तहमा एमालेले जित्ने बताउनु भएको छ । सर्लाहीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टराईले संविधान संशोधन प्रस्ताव देशहित विपरित भएकाले एमालेले असफल बनाएको पनि वताउनुभयो ।

भट्टराईले संविधान संशोधन प्रस्तावको विपक्षमा सत्तापक्षका सांसदहरु नै अनुपस्थित रहेको उदाहरण दिंदै एमालेलाई मधेस विरोधी भनी प्रचार गर्न मात्र संशोधन प्रस्ताव मतदानमा लगेर कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलले असफल बनाएको दावी गर्नुभयो । ‘मधेसका समस्या बाढी र डुवान हो, यहाँका उद्योग र कलकारखाना बन्द गराएर भएको बेरोजगकारी हो, यहाँका दलितहरुलाई इनार छुन नदिने कुरिती र भेदभाव हो’ भट्टराईले भन्नुभयो, ‘ती समस्या समाधान गर्न एमाले सरकारले कार्यक्रम ल्यायो बजेट ल्यायो । संविधान संशोधनले यी कुनै पनि समस्याको समाधान गर्ने थिएन ।’ कांग्रेस, माओवादी र राजपा लगायतका दलहरुले सरकार बनाउँदा दुईतिहाई पुर्याएको तर, संविधान संशोधन गर्दा आफ्नै सांसदहरुलाई अनुपस्थित गराएर असफल तुल्याएको उदाहरण दिंदै भट्टराईले एमालेलाई मधेस विरोधी भनी प्रचार गर्न मात्र संशोधन प्रस्ताव मतदानमा लगिएको वताउनुभयो ।

‘शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउँदा कांग्रेस, माओवादी र राजपासँग दुईतिहाई मत थियो’ भट्टराईले भन्नुभयो, ‘संविधान संशोधनमा मतदान गर्दा उहाँहरुको त्यो मत कता गयो ? एमालेका विरुद्ध दुश्प्रचार गर्न मात्र संविधान संशोधन प्रस्ताव मतदानमा लगिएको थियो ।’

कांग्रेस नेतृत्वको सरकारले तराई मधेसका ठूल्ठूला कलकारखानाहरुलाई निजीकरणको नाममा बेचेर बन्द गराएको र त्यसै कारण तराई मधेसमा गरिवी बढेकाले कांग्रेस मधेस विरोधी भएको भट्टराईको भनाई थियो । ‘यहाँ बीरगञ्ज चिनी कारखाना थियो, जनकपुर चुरोट कारखाना थियो, विराटनगर जुटमिल थियो, बुटवल धागो कारखाना थियो । त्यसलाई कांग्रेसले बेच्यो, बन्द गरायो र यहाँ गरिवी बढ्यो’ भट्टराईले भन्नुभयो, ‘एमालेले यहाँ समृद्धि ल्याउन हुलाकी सडकमा बजेट हाल्यो, राजमार्गका सहर आधुनिक बनाउन ५०–५० करोड बजेट बिनियोजन गर्यो, राजमार्ग फराकिला बनाउन बजेट हाल्यो, गरिव र विपन्नलाई घर बनाउन बजेट दियो । तराईहरु भन्नुस् एमाले मधेस विरोधी कि कांग्रेस मधेस विरोधी ?’ भट्टराईले मधेसका स्थानीय भाषालाई समाप्त पार्न आयातित भाषालाई सरकारी कामकाजको भाषा बनाउन नहुने एमालेले अडान लिएको बताउनु भयो । पछिल्लो समय एमालेमा जनलहर उर्लेकोले एमाले नै मधेशमा पहिलो पार्टी हुनेमा दुई मत नभएको सचिव भट्टराईले बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।