मधेस जान डराएकै हुन् त केपि ओलि ? मौन अवधि सुरु हुने दिननै किन पुगे मधेस ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर दुईको निर्वाचनका प्रचार प्रसारका लागि तराई मधेस झर्ने कार्यक्रम छोट्याइएको छ । अब उनी एक दिनका लागि त्यो पनि २–३ घण्टा सुरक्षित स्थानमा आयोजित दुईवटा मात्रै चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

अध्यक्ष ओली मधेस झर्दा मधेसी जनता प्रतिकारमा उत्रिने र यसले हिंसा भड्किई अहिले बनेको माहोल समेत विग्रिने देखेपछि मधेस झर्ने निर्णयबाट ओली पछि हटेका हुन् । एमाले सचिव प्रदीप ज्ञवालीले ओलीको मधेस यात्रा छोट्याइएको बताए ।

उनका अनुसार ओली निर्वाचन प्रचारका लागि मौन अवधि सुरु हुनभन्दा केही घन्टा अघिमात्र भदौ ३० गते मधेस झर्दैछन् । निर्वाचन कार्य तालिकाअनुसार ३० गते मध्य रातदेखि मौन अवधि सुरु हुनेछ । त्यही दिनमा ओलीले बारा र आसपासका जिल्लामा चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

यसअघि पहिलो र दोस्रो चरणको निर्वाचनमा एकैदिन तीन स्थानका सभालाई सम्बोधन गरेर रकेर्ड बनाएका ओली तेस्रो चरणको प्रदेश २ को स्थानीय चुनावमा मधेसी जनताको डरले अहिलेसम्म मधेस झरेका छैनन् । र, सुरक्षा प्रबन्ध मिलाएर मौन अवधि सुरु हुनुअघि एक दिनका लागि मात्रै सहभागी भएको देखाउन बारा जाँदैछन् ।

संविधान संशोधनको विरोध, मधेसीलाई विहारी, आँप, माखे सांग्लोजस्ता होच्याउने शब्द प्रयोगका कारणले मधेसमा एमालेभन्दा बढी ओली निशानामा छन् । त्यसैकारण अहिले ओली मधेस झर्ने आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएका छन् ।

https://youtu.be/wJ07k0GPshs



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।