यीनै हुन बिरगंज महानगरपालिकामा काङ्ग्रेसले उठाएकी ८७ वर्षकी उपमेयर
दुई नम्बर प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा उम्मेदवारहरुको चर्चा व्यापक भइरहेको बेला नेपाली काङ्ग्रेसले भने ८७ वर्षकी वृद्धा शान्ति कार्कीलाई उपमेयरको रुपमा उठाएको छ ।

कार्की ८७ वर्षकी वृद्धा भए पनि सक्रिय र जोशिली उम्मेदवार हुन् । उनी विगत ५६ वर्षदेखि राजनीतिमा क्रियाशील छिन् । कार्कीले राजनीतिमा लागेका कारण विवाह पनि गरिनन् र अहिलेसम्म डेरामै बस्ने गरेकी छिन् ।
नेपाली कांग्रेस पटक-पटक सरकारमा गए पनि १० वर्ष जेल जीवन बिताएकी कार्की कहिल्यै राजनैतिक लाभको पदमा उम्मेदवार बनेकी थिइनन् । यसपटक उपमेयर उम्मेदवार बनेकी कार्कीले १० कक्षा उत्तीर्ण गरेकी छिन् ।
वीरगञ्जको विकासमा योगदान गर्ने आफ्नो इच्छा रहेको उनले चुनावी सभामा बोल्दै आएकी छिन् । उनी नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् ।


