ओलीले भने,- नागरिकलाई झुक्याएर राजनीति गर्नुको अर्थ छैन

बारा, भदौ ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा नागरिकका लागि काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ ।

बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले जनताको लागि काम गर्ने नेतृत्व स्थानीय तहमा पुग्नुपर्ने र त्यस्ता व्यक्ति एमालेमा मात्रै रहेको दाबी गर्नुभयो । ओलीले असोज २ को चुनावमा एमालेको पक्षमा मतदान गरेर आफ्नो नगर र गाउँँलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन मतदातालाई आग्रह गर्नुभयो ।

एमालेलाई मधेश विरोधी भनेर प्रचार गर्नेले मधेशका लागि केही पनि काम नगरेको भन्दै ओलीले भ्रमको खेती गरेर राजनीति गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो । नागरिकलाई झुक्याएर राजनीति गर्ने पक्षमा एमाले नरहेको भन्दै ओलीले काम गरेर नागरिकलाई खुशी राख्नेतर्फ एमाले केन्द्रित हुने जिकिर गर्नुृभयो ।

एमाले सामाजिक सद्भावको पक्षमा रहेको भन्दै नेता ओलीले आफ्नो पार्टीले कसैप्रति विभेद गर्ने नभई सबैलाई समान व्यवहार गर्ने बताउनुभयो । एमालेको नीति राष्ट्रिय एकताको पक्षमा रहेको ओलीको भनाई थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।