१८ बर्ष सम्म काङ्ग्रेसको घरमा कमलरी बसेकी क. शान्ता चौधरीले एमाले नै बन्नुको रहस्य यसरी खोलिन – हेर्नुहोस भिडियो

चौधरी भन्छिन,- एकजना देखे पनि हाम्रै बनाउन पाए हुन्थ्यो जस्तो लाग्छ

काठमाडौं । एमाले केन्द्रीय सदस्य तथा पूर्व सभासद शान्ता चौधरी अहिले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा चुनाव प्रचार प्रसारमा छिन्। भदौ २६ गते आफ्नो घर दाङबाट प्रदेश नम्बर २ मा गएकी शान्ता शुक्रबार थाहाखबरसँग टेलिफोनमा कुराकानी गर्दा सप्तरीमा छिन्। उनको विहानदेखि बेलुकासम्मको समय एमाले उम्मेदवारका लागि मत माग्दैमा बित्छ। बिहान ४ बजे उठ्छिन्, पूर्वयोजना अनुसार भोट माग्न मतदाताका घर-घरमा पुग्छिन्।

उनी धेरैजसो थारु समुदाय बढी रहेको क्षेत्रमा गएकी छन्। पश्चिम र पूर्वको थारु समुदायको धेरै संस्कार र संस्कृति मिल्छ। तर भाषा फरक छ। त्यसका लागि नेपाली भाषा सम्पर्क भाषा बनेको छ। ‘पूर्व र पश्चिमको थारु भाषा मिल्दैन। उहाँहरुले मेरो भाषा बुझ्नुहुदैन। म उहाँहरुको भाषा अलि अलि मात्र बुझ्छु’ शान्ता भन्छिन्, ‘बोल्न पनि खोज्छु। बोर लगइछी भन्छु। उहाँहरु हाँस्नुहुन्छ। रामराम पनि भन्छु।’ मतदाताले सजिलै बुझ्ने भएकाले नेपाली भाषामा नै कुराकानी गर्ने शान्ता बताउँछिन्। प्रदेश नम्बर २ मा आफ्नो यात्रा चुनावका लागि नभएर कुनै उत्सवमा गएजस्तो भएको शान्ताको अनुभव छ।

एमालेले शान्तालाई बारा जिल्लामा खटाएको छ। बाराको जीतपुर-सिमरा उपमहानगरपालिकाका अधिकांश वडाहरुमा आयोजित सभामा शान्ता सहभागी भएकी छन्। ‘पार्टीले दिएको जिम्मेवारी अनुसार खटिएकी छु। अधिकांश वडाका चुनावी सभाहरुमा पुगेँ। २ दिन घरदैलो कार्यक्रममा पनि सहभागी भए‍’ शान्ता भन्छिन्, ‘सर्लाहीको हरिऔन नगरपालिकाको चुनावी सभामा पुगेकी थिएँ। अहिले सप्तरीमा छु।’ सप्तरीको सप्तकोशी नगरपालिका, फत्तेपुरमा थारु समुदायको बाहुल्यता रहेको क्षेत्रमा छिन् शान्ता। त्यहाँ दिनमा ६ देखि १० वटासम्म कार्यक्रममा उनी सहभागी हुन्छिन्। ‘बिहानै ४ बजे उठेर तयारी गरेर फिल्डमा खटिएको छु।

१/२ जना मान्छे देखे पनि हाम्रै बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ’ उनी भन्छिन्। मतदाता खुसी पार्न नाच्छु मतदाता घरदैलोमा शान्ता भाषणमात्र गर्दिनन्। सँगै नाच्छिन्, नचाउँछिन् पनि। ‘उहाँहरु जे गर्दा खुसी हुनुहुन्छ त्यस्तै गर्दै आएको छु। कतिपय ठाउँमा नाच्नुस् न नाच्नुस भन्नुहुन्छ’ उनले भनिन्, ‘उहाँहरु मैले नाच्दा खुसी हुनुहुन्छ भनेर ठीक छ भनेर नाच्दिन्छु।’ प्रदेश नम्बर २ का अधिकांश जनता एमालेको पक्षमा रहेको शान्ता दावी गर्छिन्। विशेष गरी थारु समुदायमा पुगेकी उनी एमालेको पक्षमा जनलहर देखिएको बताउँछिन्। ‘यहाँका अधिकांश थारुहरु एमाले नै रहेको देखियो।

उहाँहरु जमानामा पनि एमाले, अहिले पनि एमाले नै भएको बताउनुहुन्छ‍’ शान्ता भन्छिन्, ‘यी नयाँ जोगीले धेरै खरानी घस्छन् भन्छन। यिनका त हामीलाई धेरै विश्वास् गर्दैनौं भन्छन्।’ एमालेलाई मधेस र थारु विरोधी पार्टी भनेर प्रचार गरिएको पनि शान्तालाई थाहा छ। ‘म मतदाताहरुलाई सोध्छु-एमाले त थारु बिरोधी हो भन्छन् त? किन फेरि एमालेमा लाग्नुभएको छ भन्छु?’ उनले भनिन्, ‘उहाँहरुले कसले भन्छ थारु बिरोधी हो कि होइन भन्ने त हामीले पनि बुझ्छौं नि।

अरुले भनेको कुरा के हामीले पत्याउछौं र? हाम्रो बुद्धि छैन र भन्नुहुन्छ।’ पूर्वी तराईमा एमालेको जनमत छैन भन्ने कुरा भ्रममात्र भएको शान्ता बताउँछिन्। सबै ठाउँमा एमालेको जनमत राम्रो पाइएको शान्ताको दाबी छ। ‘एमालेको सबै सिद्धियो भन्ने जुन भ्रम थियो, त्यो रहेनछ। जातीय समस्या भन्ने त छँदै छैन’ शान्ता आफ्नो पूर्वी तराई अनुभव बताउँछिन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖