राजपाका उम्मेदवार नै दिदैछन स्मार्ट सिटीको सपना !

जनकपुरधाम । जनकपुरधाम स्थानीय तह निर्वाचनको बढदो सरगर्मीले अहिले जनकपुर तातिएको छ । शुक्रबार मध्यरातबाट मौन अवधि शुरु हुन अवधि क्रमशः ओरालो लागेपछि उम्मेदवारले प्रचार प्रसारलाई तीब्रता दिएका छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न उम्मेदवारहरुले आकर्षक नाराहरु दिँदै आएका छन् ।

करिव दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा उम्मेदवारहरुले विकासलाई प्रमुख मुद्दा बनाएका छन् । उम्मेदवारी दिएकाहरुले जनकपुरलाई स्मार्ट सिटी बनाउनसम्मको नारा दिदैँ हिँडेका छन् । तर, जतिसुकै आकर्षक नारा दिए पनि मतदाताहरु भने सचेत देखिएका छन् । उम्मेदवारहरुले चुनावी माहौलमा जतिसुकै लोभ्याउने नारा दिएपनि मतदाताले उम्मेदवारको छवी, विगतको पृष्टभूमिलगायतका विषयलाई प्रमुखता दिएको देखिएको छ ।

अहिले जनकपुर उपमहानगरपालिकाका मेयर पदमा उम्मेदवारी दिएका एकजना उम्मेदवार नै विगतमा विकासको वाधक बनेको खुलासा भएपछि अहिले उनी विवादमा तानिएका छन् । जनकपुरको विकास गर्ने भन्दै अहिले चर्का नारा दिइरहेका मेयर पदका एकजना उम्मेदवार स्वयं विगतमा सडक निर्माणमा वाधक बनेको खुलासा भएपछि जनकपुरको चुनावी राजनीतिको पारो अचानक उक्लिएको छ ।

जनकपुरमा अहिले राजपाबाट मेयर पदमा उम्मेदवारी दिएका लालकिशोर साह विगतमा सडक निर्माणको अवरोधक बनेका थिए । जनकपुरलाई स्मार्ट सिटी बनाउने नारा दिदैँ हिँड्दै गरेका मेयर उम्मेदवार साहले अदालतमा मुद्दा नै हालेर सडक निर्माणमा अवरोध पु–याएको बताइएको छ । तत्कालीन शाहीकालमा जानकी मन्दिर–रामानन्द चोक सडक विस्तार गर्ने क्रममा साहले मुद्दा हाल्न लगाएर सडक निर्माणमा अवरोध गर्न लगाएको बुझिएको छ ।

शाहीकालमा जनकपुका मेयर रहेका राजदेव मिश्रले जनकपुरको आवश्यक्ताअनुसार आफूले सडक विस्तार गर्न खोजेपनि व्यापक अवरोधको सामना गर्नु परेको बताउँदै अवरोध गर्नेमा अहिलेका एकजना मेयर उम्मेदवार समेत रहेको खुलासा गरे । पूर्व मेयर मिश्रले भने,‘शाहीकालमा मैले जानकी मन्दिर–रामानन्द चोक सडक चौडा गर्ने कार्य सुरु गरेँ । तर व्यापक अवरोधको सामना गर्नु परेको थियो ।’ उक्त कार्यको विरोधमा मुद्दा नै हालेर अवरोध गर्ने प्रयास समेत गरियो उनले बताए । – हाम्रा कुराबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।