चीनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी

काठमाडौ ३१ भदौ । सरकारी स्वामित्वको नेसनल ट्रेडिङ लिमिटेडले चीनबाट इन्धन आयात गर्ने योजना अघि सारेको छ। चरम नोक्सानीबाट गुज्रेपछि सबै कर्मचारीलाई बिदाइ गरी नयाँ स्वरुपमा सञ्चालन अघि बढाएको संस्थानले यस्तो योजना अगाडि ल्याएको हो।

आपूर्ति मन्त्रालयले उपसचिव लवदेव जोशीलाई महाप्रबन्धक बनाएर संस्थानलाई नयाँ तरिकाबाट अगाडि बढाउने जिम्मेवारी प्रदान गरेको थियो। आफूलाई प्राप्त जिम्मेवारीका आधारमा चीनबाट इन्धन ल्याएर बिक्री गर्ने योजना बनाएको उनले बताए। चीनसँग यसअघि नै इन्धन खरिद समझदारी भइसकेको छु उनले भने, ुसोही समझदारी कार्यान्पवयन गरीतेल आयात गर्ने योजना बनाइरहेका छौं।

आपूर्ति मन्त्रालयमा नेसनल ट्रेडिङलाई नयाँ स्वरुपमा सञ्चालन गर्ने विषयमा एक साताभित्र योजना पेश गर्ने उनले जानकारी दिए। चीनसँग निगमले ११ कात्तिक २०७२ मा इन्धन आयात गर्ने समझदारी गरेको थियो। नेसनल ट्रेडिङले चीनबाट इन्धन आयात गरी आयल निगमलाई बिक्रीको रणनीति बनाएको छ। यही मोडालिटी कार्यान्वयन भए आयल निगमले गरेकै समझदारी अनुसार आयात हुन सक्छ। तर नेसनल ट्रेडिङले भण्डारण गृह बनाउने र पम्प पनि सञ्चालन गर्ने अवधारणा अघि बढाए चीनसँग नयाँ समझदारी गर्दै आयात सम्झौता गर्नुपर्ने हुन्छ।

हाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थ आयात गरिरहेको छ। चीनबाट इन्धन आयात सुरु भए भारतको एकाधिकार तोडिने र बजारमा प्रतिस्पर्धी मूल्य कायम हुनेछ। हाल निगमले महिनामा ३० करोठभन्दा बढी नाफा राखेर पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको छ। दुई कम्पनी भए अन्तर्राष्ट्रिय बजारमा आएको परिवर्तन अनुसार मूल्य निर्धारण हुन सक्छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।