भारतीय प्रहरीले लुट्यो गड्डाचौकीमा, दशै मनाउन घर फर्केका युवकको भयो यस्तो बिचल्ली !
कञ्चनपुरको महेन्द्रनगर नाकाको भारतीय नाका गड्डाचौकीमा भारतबाट रोजगारी गरेर फर्किदै गरेका युवालाई भारतीय प्रहरीले लुटेको छ । मुगु जिल्ला, जमलदारा गाउँपालिका-४ घर भएका धनजित परियारका छोरा १७ बर्षिय उब्जे परियारलाई शुक्रबार भारतीय प्रहरीले लुटेको हो ।
बुवा विरामी भएको खबर पाएर भारतको अलमुडाबाट रोजगारी गरेर फर्कदै गरेका परियार नगद १५ हजार सहित झोला नै भारतीय प्रहरीले लुटिदिएको बताउछन । आफ्नो झोला माग्दा उल्टै पिटाई खानु परेको पीडित सुनारले बताए । सो कुराको जानकारी महेन्द्रनगर स्थित नेपाली प्रहरी गराउदा नेपाली प्रहरीले चासो नदिएकाले आफुले न्याय नपाएको उनले बताए ।
वुबा बिरामी परेकाले मुगु पुग्नुपर्ने भएता पनि पैसाको अभावले कञ्चनपुरमै उनी रुमल्लिएका छन । उनले आफ्नो फुपू पुनर्वासमा बसोबास गर्ने गरेको थाहा भएको आधारमा फुपू खोज्दै आईबिआरडि पुगे, फुपूको नाम बेल परियार बताउने उनलाई फुपूको घर पुनपा -४ आनन्दबजार सम्म पुर्याउन हाम्रै साझा पत्रिकाको टोलिले सहयोग गरेको छ ।
सो बारे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले नेपाली बाउडर प्रहरीसंग आफुले समन्वय गरेर भारतीय पक्षसंग कुरा गर्न सकिने बताए । पीडित परियार र उनकी फुपू अति विपन्नवर्गका छन ।


