निधिको गृहनगरमा एमाले मतदातालाई मतदान सकेपछि मात्रै घरबाहिर निस्कन प्रहरीको उर्दी

घरघरै प्रहरी पसेर धरपकड गरेपछि ५७ जना बेपत्ता

नगराइन (धनुषा), १ असोज । कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बिमलेन्द्र निधिको गृहनगर नगराईन नगरपालिकामा प्रहरीले नै एमालेका मतदाताहरुलाई मतदान नसकुन्जेल घरबाट बाहिर ननिस्कन चेतावनी दिएको छ । पूर्व गृहमन्त्री निधि सहित निधिको गाउँ अकौडामा सुरक्षाकर्मी, कांग्रेसका मेयर उम्मेदवार परमेश्वर यादवको शनिवार बेलुकी बसेको बैठकले अकौडा क्षेत्रका एमाले समर्थक मतदाताहरुलाई आइतबार बिहानैदेखि घर छोड्न वा असोज २ गते साँझ ५ बजे अघि घरबाट बाहिर निस्किन नदिन प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुरुप शनिवार राती देखि नै प्रहरीले एमालेका स्थानीय कार्यकर्ताको घरघर पसेर आइतबार बिहानसम्म गाउँ छोड्न उर्दी जारी गरेका थिए । प्रहरीसँगै मेयरका कांग्रेस उम्मेदवार परमेश्वर यादव पनि हुनुहुन्थ्यो । प्रहरीले एमाले समर्थकलाई गाउँ छोड्न उर्दी लगाएपछि ५७ जना भन्दा बढी एमाले समर्थक युवाले गाउँ छोडेका छन् । प्रहरीले वस्ती खाली गर्न उर्दी जारी गरेपछि बेपत्ता भएका केही युवा फर्के पनि केही भने अझै बेपत्ता छन् । एमाले स्थानीय कार्यकर्ता संजित मण्डललाई प्रहरीले पक्राउ गरी बेपत्ता बनाएपछि उनको खोजीका लागि एमाले नेता रघुबीर महासेठ सक्रिय हुनुभएको छ ।

एमालेको पक्षमा मतदान गर्नेहरुलाई असोज २ गते मतदानको अवधी नसकिंदासम्म घरबाट बाहिर ननिस्कन उर्दी जारी गरिएको स्थानीय कांग्रेस कार्यकर्ताले स्वीकार गरेका छन् । ‘एमाले मधेस विरोधी भएकाले एमालेलाई भोट दिनेजति सबैलाई भोलि मतदान नसकेसम्म घरबाट बाहिर ननिस्कन भनेका छौं’ स्थानीय कांग्रेस नेता प्रभात रायले भन्नुभयो, ‘घर छोडेर जानु भनेको होइन, मतदान नसकेसम्म घरबाट बाहिर ननिस्कनु र मतदान गर्न नजानु भनेका हौं ।’

निधिको गृहनगर नगराइनमा एमालेको प्रभाव बढ्दै जान थालेपछि केही दिन अघि निधि बेहोस समेत हुनु भएको थियो । एमालेले नगराइनमा रामबाबु साहलाई मेयर र राधिका यादवलाई उपमेयरमा उम्मेदवार बनाएको छ । पूर्व गृहमन्त्री समेत रहनु भएका निधिले नगराइन नगरपालिकामा कुनै पनि हालतमा एमालेलाई जित्न नदिन आवश्यक सबै प्रबन्ध गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । निधि र कांग्रेस उम्मेदवार सहित शनिवार बेलुका भएको बैठकपछि प्रहरी एमाले समर्थक मतदातालाई लखेट्न भन्दै घरघर छिरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖