सप्तरीमा सत्तारुढ दलका उम्मेदवारले यसरी बाँडे पैसा
सप्तरी, १ असोज । स्थानीय तहको सोमबार हुने तेस्रो चरणको चुनावमा सप्तरीमा सत्तारुढ दलका उम्मेदवारले पैसा बाँड्न थालेका छन् । सप्तरीको खडक नगरपालिका–का लोकतान्त्रिक फोरमका वडाअध्यक्षका उम्मेदवारले आइतबार दिउसो गाडीमै लागेर पैसा मतदातालाई बाँडेका हुन् ।

गाडीले छेलिएर रकम लिंदै पहेंलो हाफ गञ्जी लगाउने र दिंदै सेतो पोशाकधारी
निर्वाचन अनुगमनका क्रममा खडक नगरपालिका ८ को भदैयामा रकम बाँड्दै गरेको तस्बिर समेत सार्वजनिक भएको छ । वडा नं ८ का फोरम लोकतान्त्रिकका उम्मेदवार बिन्दुलाल चौधरीले छोराको बा १४ प ४६९६ नम्बरको गाडीमा गई रकम बाँडेका हुन् । स्थानीय कोपिला वालक्लवले निर्वाचन अनुगमनका क्रममा पैसा बाँड्दा बाँड्दै तस्बिर खिचेको थियो ।
आइतबार दिउसो ३ बजे उम्मेदवार चौधरी छोराको गाडीमा आएका थिए । तर, रकम अर्कै ब्यक्तिलाई मोटरसाइकलमा बोक्न लगाइएको थियो । अगाडिदेखि नै स्थानीयलाई जम्मा हुन भनिएकाले गाडी सरासर आयो र केहीबेर मोटरसाइकललाई पर्खियो । मोटरसाइकल आएपछि मोटरसाइकलमा आएका ब्यक्तिले रकम निकालेर ल्याए र गाडीको पछाडिट्टी छेलिएर लाइन लगाई रकम बाँडिएको थियो ।
रकम दिएपछि उनीहरुले बेलुकीसम्म चामल र चिउरा अर्कै गाडीमा ल्याएर खसालीदिने र बेलुकाको भोजका लागि छुट्टै ब्यवस्था हुने भन्दै हिंडेका थिए । बालक्लवका प्रतिनिधिहरु पुगेर तस्बिर खिचेको थाहा पाएपछि उनीहरु हतार हतार त्यहाँबाट हिंडेका थिए । चक्रपथ


