विप्लवका कार्यकर्ताले दले इन्जिनियरलाई कालोमोसो र मोविल !

चितवन , १ अशोज । नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुङगानालाई (कालोमोसो) मोविल दलेर दुव्र्यवहार गरेका छन्, नयाँ पेजमा खबर छ – आइतबार नगरपालिका परिसरभित्रै पसेर कार्यकक्षमा उनलाई विप्लपका कार्यकर्ताले मोविल खन्याएका हुन् । मोविल खन्याएपछि जुत्ताको माला समेत लगाइदिएका छन् ।

ढुङगानाले भ्रष्टाचार गरेकाले कारवाही गरिएको नेकपाद्धारा कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख गरिएको छ । उनीमाथि परियोजना र संस्थागत बजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीबाट कमिसन लिने गरेकोलगायतका आरोप लगाइएको छ ।

ढुङगानाले भ्रष्टाचार भ्रष्टचार गरेकोले कालोमोसो दलिएको एक कार्यकर्ता सन्तोष श्रेष्ठले उल्लेख गरेका छन् । उनले तस्बिर सहित राखेको स्टाटसमा लेखेका छन्, ‘संस्था र परियोजनामा बजेट पारिदिने नाममा, घरजग्गा र बाटोको सिफारिस गरेबापत कमिशन खाने साथै भुमाफिया हरुसङ्ग मिलेर घोल र ऐलानी जग्गा जग्गादलालको नाम मा नामसरी गर्ने, भुमाफियासङ्ग मिलेर सुकुम्बासी बस्ती मा आतंङ्क मच्चाएको कारण चितवनको रत्ननगर नगरपालिका का मुख्य इन्जिनियर प्रकाश ढुङ्गानालाइ कालो मोसो दल्दै नेपाल कम्युनिस्ट पार्टी, चितवन ।’

चार जनाको संख्यामा आएका उनीहरुले मोविल खन्याएपछि भागेका थिए । घटना संलग्न नेकपाका कार्यकर्ताको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।