सांसद अमरेशकुमार सिंहलाई ताकेर गोली प्रहार !

काठमाडौं । आज आइतबार साँझ आठबजेको समयमा सांसद अमरेशकुमार सिंहमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट सिंहको गाडीमा केही क्षति पुगे पनि उनी भने सकुशल छन् ।

सांसद सिंह प्रदेश नम्बर २ मा भोली हुन लागेको स्थानीय तह निर्वाचनको सिलसलामा गृहजिल्ला सर्लाहीस्थित आफ्नो नगरपालिका बलरामा खटिएको अवस्थामा गोली प्रहारको घटना घटेको हो । बलरा नगरपालिका वडा नंबर ३ का नेपाली काङ्ग्रेसका वडाध्यक्ष उम्मेदवार आमोदानन्द मिश्रलाई भेट्न मेयरका उम्मेदवार कमलेश सिन्हालाई साथै लिएर सांसद सिंह मिश्रको घरतर्फ जाँदै थिए ।

सो क्रममा टोलको बीचमा सिंह सवार गाडी रोकिनेवित्तिकै एक राउण्ड गोली हावामा फायर गरिएको थियो । लगत्तै अर्को गोली सांसद सिंह सवार गाडीतर्फ ताकेर प्रहार गरिएको घटनास्थलबाट प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

यसरी सांसदमाथि गोली प्रहार गर्ने व्यक्ति राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट वडाध्यक्षका उम्मेदवार रहेका सुशील मिश्र रहेका छन् । मिश्रले सांसद सिंह र काङ्ग्रेसका तर्फबाट मेयर उम्मेदवार सिन्हालाई देख्नेवित्तिकै गोली प्रहार गरेका थिए ।

त्यसरी गोली प्रहार भएपछि सांसद अमरेशकुमारको सुरक्षामा खटिएका बालकृष्ण कुँवरले पनि तत्काल एक जवाफी फायर गर्दै सुरक्षित स्थलतर्फ गाडी लगेका थिए ।
यतिबेला सांसद सिंह आफ्नै घरमै सुरक्षित छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।