एमालेले गर्यो भावी प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीको विषयमा यस्तो निर्णय

काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय समिति बैठकले आगामी असोज ६ गतेदेखि दुईवटा विषयमा बहस चलाउने भएको छ । बैठकले निर्वाचन अघिनै भावी प्रधानमन्त्रीको विषयमा बहस चलाउने र सातवटै प्रदेशका मुख्यमन्त्रीहरुका विषयमा अन्तिम निर्णय गर्ने भएको हो ।

एमाले केन्द्रीय समिति बैठकले प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबारे निक्र्योेल गरेर जाने भएपछि भावी प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबारे बहस सुरु भएको छ । एमालेमा एक नम्बर प्रदेशदेखि सात नम्बर प्रदेशमा मुख्यमन्त्री हुने नेताहरुको खोजी समेत हुन थालेको छ ।

मुख्यमन्त्री हुने कुनै पनि नेताले सम्बन्धित जिल्लाबाट प्रदेशसभा निर्वाचन जितेर आउनुपर्ने प्रावधान रहेको छ । सो नियममा वाँधिएर निर्वाचन लड्दा सातवटै प्रदेशबाट एमालेका एउटै तहका नेताहरु नपर्ने संकेत देखिएको छ ।

सातवटै प्रदेशबाट मुख्यमन्त्रीको लागि नेताहरु चयन करिब २ दर्जन नेताहरुको प्रतिस्पर्धा हुने एमाले निकट श्रोतले जनाएको छ । ती नेताहरु को–को हुन भन्नेबारेमा भने निश्चित भइनसकेको छैन ।

त्यस्तै भावी प्रधानमन्त्री को हुने भन्ने विषयमा पनि एमालेले यो केन्द्रीय समिति बैठकबाट निर्णय लिने जनाइएको छ । त्यस्तै बैठकले स्थानीय तहको निर्वाचनको समीक्षा र मंसिर १० र २१ गते हुने निर्वाचनबारे भावी रणनीति समेत तय गर्ने जनाईएको छ । एमालेले पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा सबै क्षेत्रमा अग्रिम मत प्राप्त गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।