बसको ठक्करबाट मोटरसाइकल मा सवार श्रीमान-श्रीमतीको मृत्यू

कोहलपुर । बाँकेको राप्ती सोनारी गाउँपालिको शम्शेरगञ्जमा बसको ठक्करबाट २ जनाको मृत्यू भएको छ ।

आइतबार नेपालगञ्जबाट दाङ तर्फ जादै गरेको भे ५ प ४२४ नम्बरको मोटरसाइकललाई ना ४ ख ५६५३ नम्बरको बसले शम्शेरगञ्जमा ठक्कर दिदा सो दुर्घटना भएको थियो । मृत्यू हुनेमा मोटरसाइकलमा सवार दाङ शान्तिनगरका ढक बहादुर केसी र उहाँकी श्रीमती सिता केसी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

श्रीमान्को दुर्घटनास्थलमा नै मृत्यू भएको थियो भने श्रीमतीको उपचारका क्रममा आज बिहान भारतको लखनउमा मृत्यू भएको थियो । सिता शान्तिनगर ३ स्थीत विपि उमावि वयालेकी पूर्व विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष समेत हुन् । शोकमा आज एक दिन विद्यालय बन्द हुने भएको छ ।

गाडी र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । मृतक श्रीमान श्रीमतीको शव भेरि अञ्चल अस्पतालमा पोष्टमार्टम गरेर आजै दाङ लगिने प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।