आज सांसद अवेरसम्म ब्यस्त हुने, सांसदलाई क्याण्टिनमै ‘खिर तरकारी’ को ब्यवस्था

काठमाडौं, असोज ३ । ब्यवस्थापिका संसदमा सांसदहरु मंगलबार अवेरसम्म ब्यस्त हुने भएका छन् । सभामुख ओनसरी घर्तीले बुधबारदेखि चीनको भ्रमण गर्ने भएपछि मंगलबार अबेरसम्म बैठक बसाएर विधेयकहरु पारित गराउने तयारी गर्नुभएको हो ।

संसद सचिवालय श्रोतका अनुसार सांसदलाई मंगलबार संसदको क्याण्टिनमै खिर र तरकारी खाने ब्यवस्था गरिएको छ । मंगलबारको बैठकमा स्थानीय शासन विधेयक, सामाजिक सुधार ऐन, थारु आयोगसम्बन्धी विधेयक, मुश्लिम आयोगसम्बन्धी विधेयक, सहकारी विधेयक, देवानी संहिता विधेयक, देवानी कर्याविधीको संहिता, केही नेपाल कानूनलाई संशोधन समायोजन खारेज गर्ने लगायत विधेयकलाई पारित गर्ने कार्यसूची छ ।

यसबाहेक अरु केही विधेयकलाई शंशोधनका लागि समितिमै पठाउने कार्यसूची पनि छ । ब्यवस्थापिका संसदमा अहिले ३७ वटा विधेयक दर्ता छन् । कात्तिक ५ गतेसम्म अवधि रहेको यो संसदले कम्तिमा पनि १३ वटा विधेयक पारित गर्नैपर्ने अवस्था छ । उज्ज्यालो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।