प्रदेश र संघीय संसदको चुनाव नगराउने षडयन्त्रमा सरकार लागेको ओलीको ठोकुवा

आयल निगमको अनियमिततामा भरियालाई कारवाही गरेर भारी बोकाउनेलाई जोगाउने प्रयास

काठमाडौं, असोज ३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र संघीय संसदको चुनाव नगराउने षडयन्त्रमा सरकार लागेको ठोकुवा गर्नुभएको छ । मंगलवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका एमाले अध्यक्ष ओलीले सोमबार प्रमुख दलका नेताहरुको बैठकमा सत्तारुढ दलहरुले पहिले नै सहमति भइसकेको मतपत्र सम्बन्धी बखेडा झिकेर चुनाव टार्ने प्रपञ्च गरेको ठोकुवा गर्नुभयो ।

‘हामीले तानेर ६ महिनासम्म लगाएर बल्ल स्थानीय तहको निर्वाचनमा यो सरकारलाई ल्यायौं, यो अपराधिक गठबन्धनले अव प्रादेशिक र संघीय संसदको चुनाव नगर्ने षडयन्त्र थालेको छ । हिजो दलीय बैठकमा पहिले नै सहमति भइसकेको मतपत्रका विषयमा बखेडा झिकेर त्यसको संकेत गरेका छन,’ ओलीले भन्नुभयो ।

मंगलवार प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक र प्रत्यक्ष निर्वाचनका लागि निर्वाचन आयोगले गरेको तयारी विपरित अलग अलग मतपत्र प्रयोग गर्नुपर्ने अडान राख्नुभएको थियो । पहिले दलहरुसँगको सहमतिमा आयोगले तय गरेको ब्यवस्थाविरुद्ध प्रधानमन्त्री देउवाले आपत्ती जनाएपछि एमाले अध्यक्ष ओलीले त्यसलाई चुनाव नगराउने षडयन्त्रका रुपमा सो भनाई आएको बताउनु भयो ।

‘कतिवटा मतपत्र भन्ने पहिले नै सहमति भइसकेपछि अहिले मतपत्र भएन भनेर यो अपराधी गठबन्धनले बखेडा झिक्ने प्रयास गरिरहेको छ,’ ओलीले भन्नुभयो, ‘तर, हामी निर्वाचन हुन नदिने षडयन्त्रलाई असफल पार्छौं ।’

आयल निगमको अनियमिततामा भरियालाई कारवाही गरेर भारी बोकाउनेलाई जोगाउने प्रयास

ओलीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा भरियालाई पदबाट हटाएर भारी बोकाउनेहरुलाई सरकारले जोगाउन खोजेको वताउनु भयो ।

‘आयल निगमको अनियमिततामा भरियालाई कारवाही गरेर भारी बोकाउनेलाई जोगाउने प्रयास भएको छ,’ ओलीले भन्नुभयो, ‘मुख छोपेर जग्गा हेर्न जानेलाई पनि बाँकी राख्नु हुँदैन, जो जो दोषी छन् कसैलाई छोड्नु हुँदैन ।’

भ्रष्टाचार विरुद्ध एमालेले दवाव दिएपछि मात्रै पदबाट हटाउन सरकार वाध्य भएको ओलीको भनाई थियो । ओलीले ११ जना न्यायाधीशमाथि कारवाही गर्ने तयारी सरकारले गरेको वताउँदै राज्यका सवै अंगलाई कार्यकारीबाट आफ्नो बशमा पार्न खोजिएको वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।