हल्ला माओबादीको तर जीत एमालेको !
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १ मा नेकपा ( माओबादी केन्द्र ) ले पूरै प्यानल जितेको खबर केही नाम चलेका भनिएका संचार माध्यममा फैलियो तर नतिजा नेकपा एमालेले आफ्नो पोल्टामा पार्न सफल भयो ।

हरिवन नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका रामबहादुर क्याप्छाकी प्यानल सहित बिजयी बनेका छन । निकटतम प्रतिद्वन्दि माओबादीका उमेद्वार भन्दा ५९ मत बढी पाएर क्याप्छाकी बिजयी बनेका हुन् ।
हरिवनको मेयरमा पनि एमालेकै अग्रता रहेको छ । एमालेका मेयर उमेद्वार गणेश प्रसाई माओबादी केन्द्रका कमल बुढाथोकी भन्दा ५० मतले अगाडी रहेका छन् ।
यो पनि हेर्नुहोस् -> सक्किने भो राजेन्द्र महतोको चुरीफुरी ! गृह जिल्लामा पत्तासाफ हुदै !


