भारतका बलात्कारी बाबाकी छोरी हनीप्रीत नेपालको धरानमा पक्राउ

सुनसरी । भारतका विवादित बाबा गुरमित राम रहिम सिंह इन्सानकी कथित छोरी हनीप्रीत सुनसरीको धरानमा उक्राउ परेको अनुमान गरिएको छ । भारतको हरियाणा पञ्चकुलास्थित केन्द्रिय जाँच ब्यूरो, सीबीआईको अदालतले राम रहिमलाई गत २८ अगस्तमा सजाए सुनाएपछि भागेर उनका कथित छोरी हनीप्रीत नेपाल आएकी थिइन ।

बाबालाई एक पत्रकारको हत्या र अन्य ३८ साधवीमाथि बलात्कार आरोपको लागेको छ । र, हनीप्रीतले समेत बाबालाई सहयोग गरेको भन्दै भारतीय प्रहरीले हनीप्रीतलाई वान्टेटमा राखेको छ । उनी कैलालीको गौरीफण्टा नाँका हुँदै नेपाल प्रवेश गरेको र हिँजो बिराटनगर पुगेको आशंकामा प्रहरीको बिभिन्न टोलीले तलासी गरेको थियो । तर आज साँझ धरानबाट हनीप्रीत जस्तै युवती पक्राउ गरेको दावी गरिएको थियो । यद्यपी यो बिषयमा प्रहरीको आधिकारीक निकायले पुष्टी हुनेगरी कुनै जवाफ दिएको छैन ।

भारतको राजस्थानमा जन्मेका ५० वर्षीय बाबालाई दुई साधवीको बलात्कार अभियोगमा अदालतले २० वर्ष सजाय सुनाएलगतै उनकी आत्मीय सहयोगी हनीप्रीत प्रहरीबाट बच्न नेपाल आएकी हुन । भारतीय संचार माध्यमहरुले हनीप्रीत नेपालमा रहेको समाचार प्रकाशन तथा प्रशारण गरेपछि भारतीय प्रहरीले नेपाल प्रहरीलाई हनीप्रीत पक्राउ गर्न सहयोग मागेको थियो । भारतीय प्रहरीले सहयोग मागेपछि नेपाल प्रहरी र केन्द्रिय अनुसन्धान ब्यूरो समेत सक्रिय भएको छ । यसैबीच, मंगलबार साँझ हनीप्रीत धरानमा पक्राउ परेको हल्ला चलेको थियो । प्रहरीले हनीप्रीत जस्तै लागेर एक युवती पक्राउ गरेको थियो । तर, इलाका प्रहरी कार्यालय धरानले भने उत्त युवती हनीप्रीत नरहेको बताएको छ ।

यि अघि भारतका प्रमुख सञ्चार माध्यमका संवाददाताहरु हनीप्रीतलाई खोज्दै नेपालका प्रमुख सहरहरुमा पुगिरहेका छन् । उनी काठमाडौं, पोखरा, विरगञ्ज, विराटनगर, इटहरी र धरानमा देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।