कांग्रेसकै सांसद् धनराज गुरुङ भन्छन्,- पेन्सन सुविधाले डरलाग्दो स्थिति आउँछ

सांसद्लाई पेन्सन सुविधा दिने गरी नेपाली कांग्रेसका सांसद्हरुले अघि सारेको प्रस्तावको विरोधमा उत्रिएका कांग्रेसकै सांसद् धनराज गुरुङ भन्छन्, “पेन्सन सुविधाले डरलाग्दो स्थिति आउँछ ।”

सांसद्लाई पेन्सन सुविधा दिने प्रस्तावको किन विरोध गरिरहनुभएको ?
सांसद्लाई पेन्सन सुविधा दिनुपर्दछ भनेर बडो गज्जबको विषय उठाइएको छ । कर्मचारी र सुरक्षाकर्मीको त पेन्सन सुविधा कटाउनुपर्ने स्थिति आएको बेला सांसद्लाई पेन्सन सुविधा दिनुपर्दछ भन्ने कुरा सुहाउँदो विषय होइन । पेन्सनका कारण डरलाग्दो स्थिति आउने भएर नै विरोधमा उत्रिएको हुँ ।

जनसेवामा लागेका सांसद्लाई पेन्सन सुविधा दिंदा के फरक पर्छ र !
राजनीति भनेको देश र जनताप्रतिको समर्पण हो । हामीले पेन्सन खानलाई राजनीति गरेको होइन । गरीबको प्रतिनिधिले पेन्सनको कुरा गर्न थालेपछि देश कसले बनाउने ? पैसाको आवश्यकता हो भने, सांसद्बाट विदा भएपछि अन्य काम गरौं । अरु पेशा–व्यवसाय गरे भइहाल्छ नि !

पेन्सनले अनियमिततामा कमि आउन सक्छ भन्ने तर्क पनि गरिंदैछ नि ?
मान्छेले पैसा नभएर अनियमितता गरेका होइनन् । लोभको भाँडो कहिल्यै भरिंदैन । पैसा सधैंभरि अपुग नै हुन्छ । लखपतिलाई करोडपति र करोडपतिलाई अर्बपति बन्ने लालसा हुन्छ । त्यसैले सांसद्लाई पेन्सन दिएर अनियमिततामा कमि आउँछ भन्नु बेकारको तर्क हो ।

सांसद्हरुमा यस्तो सोचाइ कि आएको होला ?
बुझे हुन्छ त्यस्ता सांसद्हरुले देश र जनताको लागि राजनीति गरिरहेका छैनन् । उनीहरूलाई आफ्नो मात्र चिन्ता छ । त्यही कारण नै सांसद्हरुमा यस्तोे सोचाइ विकास भएको हो ।

यो प्रस्ताव संसद्‍मा प्रस्तुत भयो भने तपाईंको भूमिका के हुन्छ ?
म विपक्षमा उभिन्छु । यस्तो प्रस्तावलाई असफल पार्नतिर नै लाग्छु ।

– हिमालखबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖