“कांग्रेसको पछि लागेर देश बन्दैन, गतिलो मान्छे चार पटकसम्म प्रधानमन्त्री हुदैन” : ओली

प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्ला आदेश तथा फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार नवलपरासीको गैंडाकोटमा आयोजित सभामा एमाले अध्यक्ष ओलीले अदालतले स्वतन्त्र भूमिका र गरिमा गुमाएको टिप्पणी गरे । ‘अदालत अदालत जस्तो होस्, निष्पक्ष होस्, स्वाधिनता र मर्यादित होस्’ कठै अदालत भन्दै उनले भने, ‘म भन्न चाहान्छु दूर्गा भवानीले अदालतको स्वाधिनताको रक्षा गरुन् ।

उनले संवैधानिक अंगहरुको भूमिका निष्पक्ष रहन नसकेको गुनासो गरे ।

माओवादीप्रति टिप्पणी गर्दै ओलीले भने, ‘माओवादी तितेपाती हो, एमाले पिपल हो । तितेपाती ३ महिनामा नै हर्लक्क बढ्छ । ४ महिना मर्छ, पिपलको ३ महिनामा २ वटा पात पलाउँछ तर, दीर्घजीवन बाँच्छ भरपर्दो र पाको हुन्छ ।’

कांग्रेस खानका लागि जन्मिएको उनको टिप्पणी छ । उनले भने, ‘कांग्रेस सकिसक्यो, त्यसमा कुनै जीवन छैन र सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो । अब त्यसका पछि लागेर देश बन्दैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले काण्डैकाण्ड मच्चाएको उनको भनाइ छ । ओलीले प्रश्न गरे, ‘चार पटकसम्म किन प्रधानमन्त्री भएको ? मलाई त लाग्दैन गतिलो मान्छे चार पटकसम्म प्रधानमन्त्री हुन्छ ।

एमाले राष्ट्रवादी शक्ति भएको र आफ्नो पार्टीबिरुद्ध ठूलो घेरावन्दी भइरहेको अध्यक्ष ओलीको भनाइ छ । जनताको साथ रहे त्यसको केही अर्थ नहुने भन्दै उनले भने, ‘माकुराको जालोमा झिंगा पर्दछ, भैंसी पर्दैन ।’- अनलाइनखबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।