२१ वर्ष ९ महिना १ दिनको उमेरमै अर्चना बनिन उपमेयर !

२२ वर्ष नपुग्दै अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । २०५२ साल पुष ५ गते जन्मिएकी अर्चना उपमेयरमा निर्वाचित हुँदा २१ वर्ष ९ महिना १ दिनको पुगीन् । उनी हरिखेतान बहुमुखी क्याम्पस व्यवस्थापन संकायमा दोस्रो वर्षमा अध्यनरत छिन् ।

नेपाली कांग्रेसबाट चुनाव लडेकी उनी निकतम प्रतिद्वन्दीलाई ९१९ मतले पछि पार्दै उपमेयरमा निर्वाचित हुन सफल भएकी हुन् । उनले ४५६९मत ल्याउँदा निकटतम एमालेकी कालिदेवि थरुनीले ३६५० मत ल्याइन् । जितेपछि खुशीले रमाउँदै नाराबाजी गरेका कार्यकर्ताहरुको बीचमा रहेकी उनले जितेपछि निकै खुशी लागेको बताइन् । ‘मलाई पहिलादेखि नै राजनीतिमा चासो थियो, उपमेयरमा लड्ने प्रस्ताव आयो मैले सहजै स्वीकार गरे । ’ उनले भनिन परिणाम पनि आफ्नै पक्षमा आउँदा निकै खुशी लागेको छ ।’ राजनीतिक पारिवारिक पृष्ठभूमि भएकोले उनलाई फाइदा मिलेको स्थानीय गिरिराज कँडेलले बताए ।

अर्चनाले उपमेयरमा निर्वाचित भएकोमा निकै उत्साहित भएको बताउँदै उनले आफूले गरेको १० वटा विकासका प्रतिबद्धता पुरा गर्ने बताइन् । उनले समुदायका आवश्यकताहरुलाई पुरा गर्दै जाने लक्ष्य लिएको पनि सुनाइन् ् । ‘ मैले मतदाताहरुसँग महिला शिक्षा, विकासका पूर्वाधारहरु निर्माण , सुशासनका १० वटा काम गर्ने प्रतिबद्धता गरेको छु त्यसलाई पुरा गर्छु । ‘उनले भनिन् ‘संगै मतदाताका समस्याहरुलाई क्रमश पुरा गर्दै जाने सोच मैले बनाएको छु । ’

अर्चनाको बुवा जंगबहादुर दास थारु लामो समयदेखि कांग्रेस पार्टीमा आवद्ध भएर राजनीति गर्दै आएका छन् । उनी पर्सागढी नगरपालिकाको वडा नं ४ विरुवागठीका बुथ सभापति हुन् । मेयरमा निर्वाचित ४२ वर्षीय लोक नारायण यादवले उपमेयरमा पढेलेखेको केहि गरौं भन्ने जोश र जाँगर भएको साथी पाएको भन्दै खुशी व्यक्त गरे । उनले भने ‘आफूले नगरपालिकाको विकासका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन विकासका योजनाहरु ल्याएर समग्र नगरको विकास गर्ने प्रतिबद्धता जनाए ।

पर्सागढी नगरपालिका भनिएपनि त्यहाँ नगरमा हुनुपर्ने विकासका पूर्वाधार छैनन् । २२ वर्षदेखि गैरसरकारी संस्था मार्फत सामाजिक सेवामा सक्रिय यादवल यो कुरालाई आफूले बुझेको र सोही अनुसारको विकासका योजना आउनेमा ढुक्क हुन आग्रह गरे । उनी सुर्योदय युवा क्लब वागेश्वरी तित्रौनाको अध्यक्ष हुन् । मेयरमा नेपाली कांग्रेसका यादव ६७ मतअन्तरले विजयी भएका हुन् । उनले ३९६५ मत ल्याउँदा निकटम प्रतिद्वन्दी नेकपा एमालेका गोकर्ण पाठकले ३८९८ मत ल्याए । – नयाँ पत्रिका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।