लाइभ प्रशारण हुन नसकेपछि ‘कतार आइडल’ भन्दै नेपाल आइडलको उडाइयो धज्जी

काठमाडौं, ६ भदौ । चर्चित रियालीटी सो नेपाल आइडलको ग्राण्ड फिनालेको लाइभ प्रशारण हुन नसकेपछि सामाजिक सञ्जालमा चर्को टिप्पणी भएको छ ।

एपीवाट टेलिभिजनले ग्राण्ड फिनाले कतारको सनायमा ८ः ४५ बजे हुने भनेर काउन्ट डाउन गरेको थियो । काउन्ट डाउन सकिएपछि कबि विप्लव प्रतिकसँग टक सुरु सुरु गरियो भने पटक पटक एकैछिनमा सो सुरु हुने भन्दै सबा ११ बजेसम्म दर्शकलाई भुलाइयो । तर पनि सो सुरु भएन । बरु टेभिभिजनले प्राविधिक कारण देखाउँदै लाइभ प्रशारण गर्न नसकिएको र प्रयास जारी रहेको जानकारी थियो । सोलगत्तै दशैंका गीत र विज्ञापन बनाउने काम भयो ।

एपीवानले आफूलाई नेपालको एक नम्बर च्यानल दाबी गर्दै आएको बेला सामाजिक सञ्जालमा दर्शक झुक्याएको भन्दै कडा आलोचना भएको छ ।

नेपाल आइडल भएपनि कतारमा असफल ग्राण्ड फिनाले गराइएको भन्दै सामाजिक सञ्जालमा ‘कतार आइडल’ भन्दै धज्जी उडाइएको छ । सामाजिक सञ्जाल कतार आइडलबारे अनेकौ प्रतिक्रियाले रंगिएका छन् । स्मरण सहोस्, बरु कतारमा रहेका नेपालीहरुले छिटपुट रुपमा ग्राण्ड फिनालेको लाइभ गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।