सोह्र वर्षको उमेरमै लेबनान पुगेकी लालमाया एसइइ परीक्षा दिँदै

रसुवा । नौकुण्ड गाउँपालिका– १ स्थित यार्साकी लालमाया घले अहिले २२ वर्षको पुगिन् । १६ वर्षको उमेरमा लेबनान पुगेकी घले नेपाल फर्किएको दुई वर्ष भयो।

उनी केही रहर अनि केही बाध्यताकैबीच त्यहाँ पुगेकी थिइन् । उनको परिवारको आर्थिक स्थिति कमजोर थियो । पढाईमा तेज भएपनि आर्थिक अभावमा उनले विद्यालय तहको शिक्षा पूरा गर्न सकिनन्।

उनि भन्छिन्, ‘कक्षा ६ सम्म पढ्दा कक्षामा जहिले पनि पहिलो कि दोस्रो हुन्थे, तर घरमा कपीकलम किन्ने पैसा हुन्थेन’। गाउँका अरु साथीहरूले विदेश गएर पैसा कमाएको देखेपछि उनको पनि मन त्यतै लोभियो।

उनी विदेश जानुको अर्काे कारण पनि छ, उनको घरमा त्यतिखेर पढ्ने मान्छे भएनन् । उनले जसोतसो ६ कक्षासम्म पढिन् । पढ्दै गर्दा लाग्यो आपूmले पढ्न नपाएपनि भाइलाई त जसरी नि पढाउनुपर्छ भन्ने लाग्यो अनि उनी विदेशतिर लागिन्।

विदेश जानूपूर्व उनको मनमा दुई ओटा योजना बनेको थियो, एउटा विदेश जाने भने अर्काे त्यहाँ कमाई भएको पैसाले भाइलाई पढाउने।

उनी १६ वर्षको उमेरमा नै लेबनान पुगिन् । त्यहाँ उनको बसाई दुई वर्ष तीन महिनाको रह्यो । लेबनान बस्दा उनको मासिक कमाई २५ हजार हुन्थ्यो । काम सजिलै थियो, साहुको छोराछोरीको हेरचाह गर्ने स्कुल पु¥याउने उनको जिम्मेवारी थियो । साहुसाहुनीले उनलाई कहिलै नराम्रो भनेन् अनि गरेनन् पनि । उनी फर्कन लाग्दा साहुसाहुनी रोएको उनको मानसपटलमा अझै ताजै छ।

‘फर्कदाखेरी तिमी नजाउ बस्, राम्रो बानी रैछ भनेर साहुसाहुनी रोएका थिए’ उनले भनिन् । ‘अरुलाई त साहुसाहुनीले कुट्छन् भन्छन्, मलाई त कहिले पनि त्यस्तो गरेनन् साहुसाहुनी त राम्रै थिए’ उनले थपिन् ।

नेपाल फर्किएपछि खुलाबाट परीक्षा दिन पाउने कुरा शिक्षकहरुबाट सुनिन् । कक्षा ६ पास गरेकी उनले कालिका हिमालय माविबाट कक्षा ८ पास गरिन्।

अहिले उनी त्यही विद्यालयबाट कक्षा १० को परिक्षाको तयारी गर्दैछिन् । ‘भाइले १२ कक्षा पास गरेर गाउँमा नै शिक्षक भएको छ, पहिलेको जस्तो पढ्न आर्थिक समस्या छैन्, म पनि उच्च शिक्षा पढ्न तयारी गर्दैछु’ घलेले थपिन् ।

अब उनलाई विदेश जान मन छैन् । उनको अहिले उच्च शिक्षा हासिल गर्ने योजना छ । तिहार सकेपछि नियमित विद्यालय जान्छु, पढेको जस्तो नहुँदो रहेछ उनले भनिन्।

यार्सामा केही वर्ष पहिलेसम्म पढ्नुपर्छ भन्ने चेतना विकसित भैसकेको थिएन् । १६ वर्ष पुगेपछि गाउँबाट विदेश जाने तामझाम सुरु हुन्थ्यो । कम उमेरमा नै पढाइलाई बीचमै चटक्क छाडेर उनीहरु खाडी मुलुक पुग्थे।

कतिपयले राम्रै पैसा कमाउँथे त कतिपय भने उल्टै ऋण लगाएर फर्कन्थे । विद्यालय तहको पढाई पूरा गरेर वैदेशिक रोजगारमा जाने अहिले पनि औलामा गन्न सकिन्छ । अहिलेपनि यार्सामा उच्च शिक्षा हासिल गर्ने व्यक्ति सीमित छन् ।

आर्थिक हिसावले पछि परेको उक्त गाउँको मुख्य पेशा खेतीपाती नै हो । अहिले उक्त गाउँ नौकुण्ड गाउँपालिकामा पर्छ । गाउँमा पछिल्लो समय पढ्नुपर्छ भन्ने मानसिकता बिस्तारै बढ्दै गएको भएपनि शिक्षाले सबै नागरिकलाई छुन सकेको छैन् । – हिमनाथ देवकोटा / नागरिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।