एमाले कार्यकर्ताको आत्महत्यामा भीम रावलको नाम जोडियो

काठमाडौं । एमालेका उपाध्यक्ष भीम रावलका कारण अछामको साँफेबगरस्थ्ति भाग्यश्वरका जोगी सिंह कडाराले आत्महत्या गर्न बाध्य भएको खुलासा भएको छ ।

आफ्नै घरमै झुण्डिएर आत्महत्या गरेका कडाराले सुसाईट नोटमा आत्महत्या गर्नुका पछाडि एमाले नेता भीम रावल रहेको उल्लेख गरेको स्रोतको भनाइ छ ।

जोगी सिंह कडाराका भाई मीनबहादुर कडाराको खेतमा डोजर प्रयोग गरी सडक निर्माण गरेकाले आफूले आत्महत्या गर्न बाध्य भएको सुसाईड नोटमा रहेको दाबी गरिएको छ ।

उनले आफू सडक निर्माण उपभोक्ता समितिको सचिव भएपनि निजी कामले सदरमुकाम गएको मौका छोपी भाईको खेत काटेर सडक निर्माण गरेकाले आफू निकै दुःखित भएको उल्लेख गर्दै आत्महत्या गरेको प्रहरी स्रोतले जनाएको छ ।

एमाले उपाध्यक्ष रावलको सांसद बिकास कोषको रकमबाट बिनियोजित बजेटले निर्माण गरिएको उक्त सडकमा प्राविधिकले निर्धारित गरेको भन्दा फरक ठाउँबाट डोजर लगाई कडराको खेत काटेकाले निकै दुखित रहेको बताइएको छ ।

आफ्नो टोलमा सडक लैजाने लोभले जबरजस्ती स्वीकृत डिजाईन र निर्धारित स्थानभन्दा फरक ठाउँबाट सडक खन्न भीम रावलको दवाबका कारण मीनबहादुर कडाराको जग्गा मासिएको स्थानीय भनाइ छ ।

एमालेका कार्यकर्ता रहेका कडाराले सुसाइट नोटमा भीम रावललार्इ लक्षित गरी ‘जनताको बहुदलीय जनवाद जिन्दावाद, नेकपा एमाले जिन्दावाद । अछामका चोर नेतालाई पार्टीले कारवाही गर’ पनि लेखेका छन् । – नेपाल पानाबाट साभार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।