गुन्डा नाइके विकास पुन एमालेमा प्रवेश, वामदेवले गरे स्वागत

दाङ । दाङका गुन्डा नाइके विकास पुन एमालेमा प्रवेश गरेका छन् । उनलाई आज एमाले उपाध्यक्ष बामदेव गौतमले एमालेमा प्रवेश गराएका हुन् ।

शान्ति प्रक्रियापछी माओवादीमा प्रवेश गरेका विकास माओवादी कमजोर हुँदै गएपछी काँग्रेसमा प्रवेश गरेका थिए । शक्तिका पुजारी गुन्डा नाइके विकास दाङमा एमाले बलियो भएपछी एमालेमा प्रवेश गरेका हुन् ।

व्यापारी,ठेकेदार र क्रसर उद्योग सँग पैसा असुल गर्ने उनको मुख्य पेशा हो । उनि यसअघी प्रहरी ईन्कान्टरमा मारिएका कुख्यात गुन्डा कुमार घैँटेका राप्ती अञ्चल कमान्डर थिए । घैँटे मारिएपछी उनि काठमाण्डौको सुन्धारालाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका अर्का गुन्डा पूर्णे तालुको कनेक्सनमा छन् ।

काँग्रेस नेता खुमबहादुर खड्कासँग नजिक रहेका उनले खड्काका विश्वास पात्र महेश श्रेष्ठलाई व्यापारमा ठगेपछी खड्काको रिङबाट आउट भएका थिए । उनले केही हप्ता पहिले दाङका खोलाको ठेक्कामा ठेक्का मिलाए वापत ठेकेदारसँग ३० लाख रुपैंया समेत बुझेको बताइएको छ । घैँटे जस्तै पैसाको बिटोमा सुत्ने शौख रहेका विकास अहिले पनि अदालतका अभियुक्त हुन् । उनलाई दाङ जिल्ला अदालतले ज्यान मार्नेउद्योगको मुद्दामा दोषी ठहर गर्दै पाँच बर्षजेल सजाए तोकेको थियो । पुनरावेदन अदालतले उनलाई ७५ हजार रुपैंया धरौटी सहित तारेख मा छोडेको छ । उनको मुद्दा अदालतमा बिचाराधनी छ । राप्ती टुडे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।