छोरी रेणुको स्वागतमा प्रचण्डको हाँसो !

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भरतपुर विमान स्थलमा स्वागत गरेको तस्वीर सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

मंगलबार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन काठमाडौंबाट गृह जिल्ला चितवन पुगेका प्रचण्डलाई पुत्री रेणु दाहालले माला लिएर स्वागत गर्न विमानस्थल पुगेकी थिइन् ।

बाबुलाई स्वागत गर्न गएकी उनी दुई हातमा माला लिएर हासिरहेकी छिन् भने प्रचण्ड छोरीले औपचारिक पोशाकमा सजिएर आफूलाई गरिएको स्वागतका कारण प्रफुल्ल मुद्रामा देखिएका छन् । जुन तस्वीर सामाजिक सञ्जालमा चर्चामा छ ।

प्रचण्डले प्रतिनिधिसभाको निर्वाचन चितवनबाट लड्ने घोषणा गरिसकेका छन् । उनकी छोरी रेणु दाहालले केही महिना अघिमात्र भरतपुर महानगरपालिकाको मेयरमा जितेकी थिइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।