नवनिर्वाचित मेयर यादवले भने,- नागरिकसँग गरेको वाचा पूरा नगरी फूलमाला लगाउँदिन

महोत्तरी । महोत्तरी औरही नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल कुमार यादवले आफूले नागरिकसमक्ष गरेको वाचा पूरा गरेर मात्र फूलमाला र अविर लगाउने बताउनुभएको उज्ज्यालोमा खबर छ ।

बुधबार बिहान गौशालामा पत्रकारसँग कुरा गर्दै चुनावको क्रममा आफूले नागरिकसमक्ष गरेको वाचा पूरा भए मात्र नागरिकको घरदैलोमा गएर उनीहरुबाट फूलमाला र अविर लगाएर खुशीयाली मनाइने प्रतिवद्धता जनाउनुभयो । निर्वाचित भएको एक हप्ता वित्दासमेत घरदैलो र नागरिकसँग भेटघाट नगरेका ३० वर्षका मेयर यादवले औरहीलाई आफ्नो कार्यकालमा देशकै नमुना नगरपालिकाको रुपमा परिचित गराउने धारणा राख्नुभयो ।

वर्तमान समयमा शरत सिंह भण्डारीको गृहनगरको रुपमा परिचित औरही नगरपालिकालाई अब विकास निर्माण गतिलाई तीव्रता दिएर सरसफाइयुक्त बनाउनुको साथै कम समयमा बढी काम गरेर देखाउने उहाँले बताउनुभयो । त्यस्तै नगरभित्र रहेको धार्मिक एवं ऐतिहासिक धरोहर सोनामाई मन्दिरलाई पर्यटन केन्द्रको रुपमा स्थापित गरिने बताउनुभयो ।

मेयर यादवले नागरिकको समस्या समाधान गर्न आफू तत्पर रहेकोले कुनै किसिमको समस्या भए तत्कालै सम्पर्क गर्नका आग्रह गर्नुभयो । मेयर यादवले सबैको सहयोग पाए आफूले पाँच वर्षको अवधिमा उहिलेका गाउँका मुखियाले गर्न नसकेको कार्यहरु आफूले गरेर देखाउने प्रतिवद्धता जाहेर गर्नुभयो । नागरिकले आफूलाई पाँच वर्षसम्मको लागि काम गर्ने अवसर आफूलाई दिइएको तर आफूले उनीहरुको मनोकांक्षा दुई वर्षको अवधिमा पूरा गरेर छाड्ने अठोट व्यक्त गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖