कांग्रेस र माओवादी केन्द्र बेग्ला-बेग्लै रङ्गका बिराला जस्ले जनता मार्ने र फसाउने काम गर्छन : प्रकाण्ड
काठमाडौं । विप्लव नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले माओवादी केन्द्र र कांग्रेस गठबनधनलाई बेग्लाबेग्लै रंगको विरालाको संज्ञा दिएका छन् । राजधानीमा भएको एक कार्यक्रममा प्रवक्ता विश्वकर्माले यी दुबै बेग्लाबेग्लै रंगका बिराला भएको भन्दै यीनीहरुले जनता मार्ने र फसाउने काम गर्ने बताए ।

अहिले साम्राज्यवाद र बिस्तार्वादीको स्पष्ट डिजाइनमा भएको गठबन्धन भएको भन्दै ,’ उनले भने, ‘काग्रेस र माओवादी केन्द्रको गठबन्धन प्राकृति नै रहेको छ किनकि उहाहरुको आवरण बाहेक सबै कुरा मिलेको देखिन्छ ।’विश्वकर्माले नेपाली राजनीतिमा खराबीको थुप्रो लागेको समेत बताए । यस्तो अवस्थामा जनता आफै जागरुक भएर डोजर चलाउनुपर्ने उनको भनाई थियो ।


