फ्रान्सको पेरिसमा भेटियो मोनालिसाको नाङ्गो तस्वीर !

लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको मन्द मुस्कानवाला तस्वीर हामी सबैले देखेकै छौँ । यो तस्वीरमा मोनालिसाको हाँसाको रहस्य पत्ता लगाउनै रस्साकस्सी भैरहेको बेला मोनालिसाको अर्को तस्वीरको रहस्य फेला परेको छ ।

हालै फ्रान्सको पेरिसमा उनै मोनालिसाको निर्वस्त्र स्केच तस्वीर पत्ता लागेको छ ।

कोइलाको सहायताले तयार पारिएको उक्त महिलाको निर्वस्त्र स्केच समेत लियोनार्दोदा भिन्चीले बनाएको र मोनालिसाकै भएको दाबी खोजकर्ताहरुले गरेका छन् ।

यो स्केच फ्रान्सको कोन्डे म्युजियममा सन् १८६२ देखि राखिँदै आएको छ । उक्त स्केचको हालै पेरिसस्थित लाउभ्रे म्युजियममा परीक्षण गरिएको थियो ।

खोजकर्ताहरुका अनुसार लियोनार्दोले मोनालिसाको चर्चित तैलचित्र बनाउनु अगाडि तयारीस्वरुप उक्त निर्वस्त्र स्केच तयार पारेका हुनसक्छन् ।

मोनालिसाको तैलचित्र र यो स्केचबीच तुलना गर्दा सरीर र हात दुरुस्तै देखिन्छन् । साथै साइज पनि बराबरी छ । बीबीसी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।