रौतहट स्थित प्रहरी कार्यालय मै यौनजन्य गतिविधि, स्थानीय उत्रिए विरोधमा

रौतहट । रौतहटका एक इलाका प्रहरी कार्यालयमै यौन गतिविधि भइरहेको घटना सार्वजनिक भएपछि स्थानीयबासी विरोधमा उत्रिएका छन्। राजमार्गका होटल तथा लजमा बेश्यावृत्ति नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मोर चर्चा कमाउने प्रहरीले आफ्नै कार्यलयमै यौन गतिविधि गर्न थालेपछि आक्रोशित स्थानीयले दोषी प्रहरीमाथि कडा कारवाहीको माग गर्दै करिब दुई घण्टा इलाका प्रहरी कार्यालय डुमरिया घेराउ गरेको नागरिक न्यूजमा खबर छ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोले स्थानीय एक महिलालाई प्रहरी कार्यालय भित्रै बोलाएर यौन सम्पर्क गर्न खोजेपछि स्थानीयले रङ्गेतहात प्रहरी र महिला दुवैलाई पक्राउ गरेर कडा कारवाहीको माग गरेका हुन्।

दशैँको समयमा इप्रकाका अन्य प्रहरी कर्मचारी नभएको बेला सेन्ट्री ड्युटीमा रहेका प्रहरी जवान महतोले प्रहरीको बर्दीमा नै गाउकै एक महिलालाई राति १०:३० वजेको समयमा प्रहरी कार्यालयभित्रै यौ सम्पर्क राख्न खोजेपछि स्थानीयले दुवै जनालाई नियन्त्रणमा लिएर कारबाहीको माग राख्दै राती २ घण्टा प्रहरी कार्यालय घेराउ गरेका हुन्।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक यादब ढकालले प्रहरी जवान महतो यौन गतिविधि नगरेको बसन्तपुरमा विजया दशमीको उपलक्ष्यमा लागेको मेला हेरेर रातिको समयमा फर्किदै गरेको गाउकै महिलासँग पहिलाको चिनजान भएकोले सेन्ट्री ड्युटीमा रहेका उनले गफगाफ गरिरहेको बेला गाउका मन्छेहरु आएर समातेको बताए।्

यस विषयमा गहन रुपमा अनुसन्धान भइरहेको र पीडितले जाहेरी दिएपछि कडा कार्यवाही गर्ने उनले सुनाए। प्रहरी जवान महतो र महिला दुवैलाई हिरासतमा राखिएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।