एकाएक नेपाल भ्रमणमा आउदै मोदि !, किन आउदैछन भारतीय प्रधानमन्त्री नेपाल ?

काठमाडौँ । २० दिन अर्थात २०७४ कात्तिक ४ गते नेपालमा आम निर्वाचन(प्रदेशसभा सहित) मनोनयन पत्र दाखिल हुन् गैरहेको छ। तर, नेपालीहरुमा चुनाव हुने कि नहुने भन्ने आशंका भने विगतका निर्वाचन जस्तै ब्याप्त छ। निर्वाचनका लागि शेरबहादुर देउवाको नेतृत्वको सरकार स्वीकार्ने कि अन्य विकल्प खोज्ने भन्ने चर्चा पनि उच्च राजनीतिक क्षेत्रमा चल्ने गरेको छ।

देउवाको नेतृत्वको सरकारबाटै स्वस्थ, स्वच्छ निर्वाचन हुन् सक्दैन भन्ने कुरा स्थानीय तहको निर्वाचनमा सरकारका मन्त्रीहरु र सरकारी संयत्रहरुले सकेजति आचार संहिता उल्लंघन गरेको र निर्वाचन आयोगको चेतावनी समेत नटेर्ने सरकार, मन्त्रीहरु र सरकारी संयन्त्रहरुले गरेको सत्ताको दुरुपयोगले गर्दा निर्वाचन आयोग समेत यही सरकारले धाँधली रहित स्वस्थ स्वच्छ निर्वाचन गराउने कुरामा विश्वस्त रहेको छैन।

नेपाल आम निर्वाचनमा होमिएकै अवस्थामा मित्र राष्ट्र भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीले २०७४ असोज २८ र २९ गते दुइ दिन नेपालको भ्रमण गर्ने कार्यक्रम निश्चित भएको कुरा थाहा भएको छ। स्रोतका अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदी अरुण –३ को शिलान्यास र मुक्तिनाथको दर्शन सहित राजनीतिक एजेन्डा सहित नेपालको भ्रमण गर्दैछन्। ९०० मेघावाटको अरुण -३ का लागि SJVN Arun-3 Power Development Company Pvt Ltd (SAPDC) संग नेपाल सरकारले एम ओ यू सन् २००८ मार्च दुइमा नै हस्ताक्षर गरेको भएतापनि अहिलेसम्म सो जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छैन। सो जलविद्युत आयोजनाको निर्माणका लागि भारत सरकारले २२ फ्रेब्रुरी सन् २०१७ मा भारत ८५४.४ मिलियन यू एस डलर लगानी गर्ने निर्णय गरेको थियो।

सन् २०१७ अक्टोबर १४ र १५ तारिख हुन लागेको नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड र सभामुख ओनसरी घर्तिमगरलगायत राजनीतिक दलका नेताहरुसंग पनि छोटो र महत्वपूर्ण भेटघाटको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतबाट थाहा भएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।