प्रचण्डले दशैको टीका लगाउँदा विरोध गर्नेहरुलाई प्रकाश दाहालले दिए कडा चेतावनी !

काठमाडौं। बडादशैको अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दशैको टिका लगाएपछि त्यसको चर्को आलोचना भएको छ । प्रचण्डले २० वर्षपछि पहिलो पटक परिवारकासदस्यसहित आफ्नै निवास लाजिम्पाटमा दशैमा टिका लगाएपछि आलोचकहरुले उनको विरोध गरेका थिए ।

प्रचण्डकै पार्टीका वरिष्ट नेता समेत रहेका नेता आहुतीले सामाजिक संजालमा प्रचण्डले टिका ग्रहण गरेको घटनालाई ब्यंग्य गरेका थिए ।

उनले यस्तो लेखेका छन् – क. प्रचण्डलाई टिका लगाएकोमा गाली किन गर्ने ? उहाको चेतनाले जे भ्यायो त्यही गर्नु भो । उहाले टिका लगाएकोमा खुशी मनाउनेसंग किन रिसाउने अनि ? आफू जस्तै भएकोमा खुशी व्यक्त गर्नु मानवीय स्वभाव हो। आगामी दिनको मुख्य कुरा यो होइन बरू मुख्य कुरा त तपाई आफूले चाहिकक के गर्ने हो ? यस विषयमा पो हो छलफल जरूरी ।

पुर्व विद्यार्थी नेता जागृत रायमाझीले पनि अध्यक्ष प्रचण्डलाई कडा ब्यंग्य गरेका छन् । उनले फेसबुकमा प्रचण्डलाई ब्यंग्य गर्दै यस्तो लेखेका छन् – क्रान्ति मौलिक । प्रतिक्रान्ति पनि मौलिक ।साँस्कृतिक क्रान्ति मौलिक । साँस्कृतिक प्रतिक्रान्ति पनि मौलिक ।

प्रचण्डलाई ब्यंग्य गर्ने दुवै नेता पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ समुहका हुन ।

प्रचण्डको विरोध गर्नेहरुलाई उनका एक मात्र छोरा प्रकाश दाहालले सामाजिक संजाल फेसबुकमा कडा प्रतिक्रिया दिएका छन् । उनले आफु झरेको सिन्का नउठाउने तर, प्रचण्डलाई उपदेश दिनुको कुनै तुक नभएको बताएका छन् । प्रकाशले दशै धर्मभन्दा पनि संस्कृति भएको दाबी गरेका छन् ।

प्रकाशले सामाजिक संजालमा आइतबार यस्तो लेखेका छन् –‘आफु झरेको सिन्का नउठाउनेले प्रचण्डलाई उपदेश दिनुको कुनै तुक देख्दिन म । दशै धर्म भन्दापनि संस्कृतिको कुरा हो । समाजमा एकता भाईचारा र समाजको ठुलो जमातको भावनाको कुरापनि छ ।

हामी ईदको अवसरमा मश्जिदपनि गएका छौ चर्च गएका छौं गुम्बा त प्राय गईरहेका हुन्छौं । धर्म र संस्कृति फरक हो । एउटा जब्बर कुरो के हो भने हामी सबै धर्मलाई उतिनै सम्मान गर्छौं । देश धर्म्निरपेक्षतामा गईसकेको छ । दशैको टिका लगाउदैमा प्रचण्डलाई ठोक्ने मौका यहि हो भनेर उपदेश नदिंदा ठिक ।’ – नेपाल पाना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।