नेपालका उत्कृष्ट ६ स्थानिय तहलाई दक्षिण कोरियाले बनाईदिंदैछ स्मार्ट सिटी !

नेपालका उत्कृष्ट छ वटा स्थानिय तहलाई दक्षिण कोरिया सरकारले स्माट सिटी बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाण्डौ सहित दुई वटा महानगरपालिका र चार वटा नगरपालिकाहरुको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो ।

दक्षिण कोरियाले सहयोग गर्न लागेको महानगरपालिका तर्फ काठमाण्डौ र पोखरा रहेका छन् भने नगरपालिकाहरु तर्फ नवलपरासीको रामग्राम , धादिङ्गकोे निलकण्ड यसैगरी धुलिखेल र भक्तपुर गरेका छन् । नवलपरासीमा रामग्राम नगरपालिकामा आयोजीत एक कार्यक्रम मार्फत सो बारे जानकारी प्रदान गरिएको थियो ।

पत्रकार सम्मेलनमामा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले ति स्थानिय तहरुलाई दिगो विकास गर्ने उदेशयका साथ दक्षिण कोरिया सहयोग गर्न लागेको जानकारी दिनुभयो ।

ति स्थानिय तहलाई चौतर्फी रुपमा स्माट सिटीको रुपमा बिकास गर्न विविध प्रकारले आर्थिक लगानी मार्फत कोरिया सरकारले सहयोग प्रदान गर्ने पक्का भएको छ ।

पत्रकार सम्मेलनमा नगरप्रमुख गुप्ताले मुख्य बजार क्षेत्रलाई स्माट सिटी सडक व्यवस्थापन देखी पर्यटकीय क्षेत्रको विकास सम्म दक्षिण कोरीया सहयोग गर्न तत्परता देखाएको जानकारी दिनुभयो । जसका लागि विविध प्रकारको प्राविधिक सहयोग कोरियाले गर्न लागेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।