बर्दिया को सदरमुकाम गुलरियामा झडप, प्रशासनद्वारा अनिश्चितकालिन कर्फ्यू आदेश
बर्दिया, असोज १६ । बर्दियाको सदरमुकाम गुलरियामा अनिश्चितकालिन कर्फ्यू लगाइएको छ । हिजो राती गुलरिया नगरपालिका ११ लालपुरमा ताजिया विसर्जन गर्ने र मुर्ती विजर्सन गर्ने समुहविच बाटो प्रयोग गर्ने विषयमा झडप हुँदा ५ जना घाइते भएका थिए ।

आजपनि झडप हुनसक्ने देखिएपछि सदरमुकाम गुलरियाको लालपुर आसपासको क्षेत्रमा अर्को सूचना नआएसम्मका लागि कर्फ्यू लगाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइले उज्यालोलाई जानकारी दिनुभयो । बेलुकीको झडप साम्य पार्न प्रहरीले १ राउन्ड अश्रुग्यास र २ राउन्ड हवाइ फायर गरेको थियो ।


