गाडी जाने बाटो नभएपछि गृहमन्त्री हिँडेरै आगलागी स्थल पुगे

शनिबार राति बल्खुको सुकुम्बासी बस्तीमा भएको आगलागिको निरीक्षण गर्न गएका गृहमन्त्री जनार्दन शर्माको गाडी जाने बाटो नभएपछि हिडेरै आगलागीस्थलमा पुगेका थिए।

खाल्डाखुल्डी भएको बाटोमा गाडी लिनैनसकिने अवस्था भएपछि गृहमन्त्रीको गाडी मुख्य बाटोमै छोडेर हिडेरै गएका थिए।

आगलागी हुँदा पनि उक्त स्थानमा दमकल लिन पनि निकै गाह्रो भएको प्रहरीले बताएको छ। त्यहाँ केहीबेर दमकल पनि फसेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्।

बल्खु पुलबाट सुकुम्बासी बस्तीतिर जाने सडकमा हिलो, खाल्डाखुल्डीले गाडीको आवतजावत कष्टकर रहेको छ।

– सेतोपाटी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।