सीमा रक्षक देवनारायणलाई नि:शर्त छाड्न विप्लव नेतृत्व कम्यूनिष्टले दियो यस्तो चेतावनी…

काठमाडौं, १७ असोज । सीमा रक्षक देवनारायण यादवलाई झुठा मुद्दा लगाएर भारतीय प्रहरीले भारतीय बजार कुनौलीबाट पक्राउ गरेको घटना प्रति विप्लव नेतृत्व नेपाल कम्यूनिष्ट पार्टीले गम्भिर आपत्ती जनाएको छ । पार्टी लेटर प्याडमा एक विज्ञप्ती जारी गर्दै सो पार्टीले यस्तो कुरा स्पस्ट पारेको हो ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तिलाठी निवासी देशभक्त, स्वाभिमानी, सीमा रक्षक देवनारायण यादवलाई झुठा मुद्दा लगाएर भारतीय प्रहरीले भारतीय बजार कुनौलीबाट पक्राउ गरेको घटना प्रति हाम्रो पार्टी घोर भत्सना गर्दछ ।

र, साथै राष्ट्रियताको मुद्दालाई केन्द्रीय भागमा राखेर यादवको नि:सर्त रिहाईको लागि आवश्यक कुटनीतिक एवम् उच्च तहबाट पहल लिन नेपाल सरकारको ध्यान आकृष्ट गर्दछौ ।

राष्ट्र र देशका खातिर लड्ने योद्धाहरुको जीवन रक्षाको ग्यारेन्टी गर्न र उहाँको रिहाईका लागि प्रक्रियागत जटिलता देखाएर वा बाहनाबाजीबाट यादवको रिहाई प्रक्रियामा ढिलासुस्ती नगर्न अनुरोध गर्दछौ ।

यदी त्यसो हुन गएमा उत्पन्न हुन सक्ने परिस्थितीको जिम्मेवारी सरकारको हुने कुरा जानकारी गराउँछौ । यदी यसो हुन नसकेमा लाचार सरकार र उत्तर साम्राज्यवादका विरुद्ध कडा संघर्षमा उत्रने चेतावनी दिन्छौ ।

भारतीय उत्तर साम्राज्यवादले एक वर्ष अघि सीमा क्षेत्रमा अवस्थित खाडो नदीमा एकतर्फी बाँध बाँधेपछि प्रतिकारमा उत्रिएका यादव भारतीय पक्षसंगको झडपका क्रममा घाइतेसमेत भएका थिए ।

विगतमा देखाएको देशभक्तिमाथिको यो भारतीय हस्तक्षेप विरुद्द सबै नेपाली गोलबन्द हुन हार्दिक अपिल गर्दछौ । – न्यूज अभियान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।