संसद भंग गर्ने तयारीमा प्रधानमन्त्री देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली प्रधानमन्त्री बन्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका संसद भंग गर्ने तयारी गरेका छन् । एमालेसँग एकताका नाममा प्रचण्डले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन तोड्ने अवस्था आएलगत्तै देउवाले तुरुन्तै संसद भंग गर्ने बालुवाटारको उच्च स्रोतले लाई बतायो ।

यसका लागि देउवाले आन्तरिक तयारी समेत गरिसकेका छन् । उनले सरकारका कानूनी सल्लाहकार (महान्यायाधिवक्ता) र प्रधानन्यायाधीश गोपाल पराजुलीसँग परामर्श गरिरहेका छन् ।

उनीहरुले देउवाको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै कानूनी रुपमा संसद भंग गर्न सकिने सुझाव दिएका छन् ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालत र प्रधानन्यायाधीशमाथि प्रश्न उठाउँदै कटाक्ष गरेका थिए । उनले गोपाल पराजुलीलाई ‘कांग्रेसको मान्छे’ भनेर संकेत गरेका थिए । यसकारण पनि प्रधानन्यायाधीश पराजुलीले देउवाको प्रस्तावलाई सकारात्मक मान्दै संसद भंग गर्ने कानूनी अधिकार प्रधानमन्त्रीमा रहेको भन्दै देउवाका लागि बाटो खोलिदिएका छन् । महान्यायधिवक्ता पनि सकारात्मक रहेको स्रोतले बतायो ।

अब प्रधानमन्त्री देउवाले संसद भंग गर्नका लागि मन्त्रिपरिषद बैठक बोलाउने कसरत पनि थालिसकेका छन् । गठबन्धन भत्किएलगत्तै क्याविनेट बैठकबाट संसद भंगको निर्णय अनुमोदन गराउँदै देशबासीका सम्बोधन गर्ने योजनामा देउवा छन् । त्यसपछि मात्रै राष्ट्रपतिलाई भेट्ने तयारीमा रहेको स्रोतको दाबी छ । स्रोत भन्छ– ‘यसो गर्दा संसद भंग गर्ने निर्णय अनुमोदन गर्न राष्ट्रपतिमाथि पनि दबाब पर्छ ।’

संसद भंग गरेर गोपाल पराजुलीलाई प्रधानमन्त्री बनाउने

बालुवाटार उच्च स्रोतका अनुसार देउवाले संसद भंग गरेर प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानमन्त्री बनाउने तयारी समेत गरेका छन् । संविधान सभाको दोस्रो चुनावका बेला तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बनाएजस्तै देउवाले पनि पराजुलीलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा चुनाव सम्पन्न गराउन प्रधानमन्त्री बनाउने तयारी गरेका हुन् । स्रोतका अनुसार यो कदम चाल्दा चुनाव केही दिन सर्ने अवस्था आउनसक्छ । यसमा देउवालाई कुनै पछुतो नहुने र अचानक आएको राजनीतिक घटनाक्रमले यो कदम उठाउनेसक्ने सम्भावना छ । नेपालपाना ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।