जाँदा-जाँदै प्रचण्डले प्रधानमन्त्रीलाई दिए घतलाग्दो उपदेश, अब के गर्लान देउवाले ?
काठमाडौं, १७ असोज । नेकपा एमालेसँग चुनावी गठबन्धन तथा पार्टी एकताको तयारी थालेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

सरकारी निवास बालुवाटारमा भेटमा प्रचण्डले देउवालाई घतलाग्दो सुझाव दिएका छन् । उनले बालुवाटारमा ‘हामी कम्युनिष्टहरु मिल्न थाल्यौं, तपाई डेमोक्रेटहरु पनि मिल्नुस्’ भन्ने सुझाव दिएको स्रोतले बतायो ।
‘अब मुलुकमा दुई धार रहने भए, तपाइँ पनि राइटिस्टहरुलाई समेट्नोस्, हामी लेफ्ट त मिल्न लाग्यौं’ देउवालाई यसो भनेर कमरेड प्रचण्ड बालुवाटारबाट निस्किनुभयो । प्रधानमन्त्री भेटेर फर्केपछि ललितपुरको मानभवनस्थित एक निर्माण व्यवसायीको घरमा आव भएको अन्तिम वार्तामा एमालेसँग सबै कुरा मिलिसकेको छ । सम्भव त आजै साँझ एकता प्रक्रियाको घोषणा हुनेछ,’ माओवादीनिकट उच्च स्रोतले भन्यो ।


