‘राजसंस्थाको ठाउमा दिल्ली दरवार खडा नगरौ भनेकै हो जसको महसुस आज धेरै नेपालीले गर्दैछन्’
कान्तिपुर टिभीको साप्ताहिक कार्यक्रम सुमनसंगमा आजको यो भाग बिशेष छ जहाँ हिजो बिबिसी सेवामा संगै काम गरेका संचारकर्मी सुमन खरेल र पुर्व पत्रकार एबम साझा विवेकशीलका संयोजक रबिन्द्र मिश्र बिचको समसामयिक कुराकानीमा नेता रबिन्द्र मिश्रले राखेका विचारहरु:-
आफ्नु राजनीतिलाई जीवनलाई आरोह बनाउन प्रतिबद्ध रहेको दाबी गर्दै प्रधानमन्त्रीले मन्त्रिको नाम पनि नचिने , गुण्डागर्दीमा संग्लन , भ्रष्टहरुले उच्च न्युक्ति पाउने ठाउमा आफुले पनि महत्वकांक्षा राख्दा त्यसो नियुक्ति सजिलै पाउने हो तर देश बनाउन नै लागि राजनीतिमा होमिएको मिश्रको भनाइ ।
बिबिसी जस्तो प्रख्यात संस्थामा काम गरेर स्थापित भएको एक प्रसिद्ध व्यक्तित्व साथै कबि भएर कमाएको मान सम्मान प्रतिष्ठा सबै नै छोडेर राजनीतिमा आउनु बाध्य भएको हो किनकी पत्रकार भएर काम गर्दा देशको स्थितिले कतिपय स्थानमा आफुलाई लजा महसुस भएको तर्क अघि सारेका छन् मिश्रले । आफुले पाएको व्यक्तिगत सफलताले कुनै पनि अर्थ राख्दैन जबसम्म देशका बहुसंख्यक जनताहरुको स्थितिमा सुधार हुदैन ।
देश र जनताको अधिकारको लागि अहिले भएका शिर्ष नेता लगायत सबै नेताहरुले आफ्नु जीवन नै राजनीतिमा समर्पण गरे तर नेताहरुले अधिकार पाए पछि आफ्नु आचरण सुधार्न सकेनन केवल अधिकारको लडाई मात्रै लडिरहे तर सम्वृद्धिको लडाई लड्न सकेनन । नेपालका पहिलो महिला प्रधानन्यायाधीश जो इमानकी प्रतिक पनि थिइन् तर उनि माथि नै दुई घण्टामै महाभियोग लगाउने यहि नेतृत्व होइन र ?
सिंगो समाजले लोकमानसिंहलाई न्युक्त नगर भन्दा भन्दै पनि आफैले अयोग्य भन्दै दानवीकरण गरेको लोकमानलाई यहि नेतृत्वले न्युक्ति गरेको थियो । सिंगो समाजले मन्त्रि परिषद विस्तार गर्नु हुदैन भन्दा भन्दै यहि नेतृत्वले ६४ जना मन्त्रि बनायो ।
अब पनि यहि नेतृत्वले देशको सम्वृद्धिको नेतृत्व गर्न कदापी सक्दैन ।
जतिबेला गणतन्त्रको आन्दोलन चलिरहेको थियो त्यो बेला नारायणहिटीको ठाउमा दिल्ली दरवार खडा नगरौ भनेर भनेकै हो जुन कुरा को महसुस आज धेरै नेपालीले गर्दैछन् तर अब आफु राजतन्त्रको पक्षमा नरहेको पनि मिश्रले प्रष्ट पारे । नेपालीलाई नेपालीले हिर्काए केहि हुदैन तर कुनै बिदेशीले आएर हामीलाई हिर्काएमा कसैले सहन सक्दैनन ।
साझा बिबेकशीलमा लागेका युवाहरु कुनै न कुनै उधममा लागेका छन् जसले राजनीतिलाई अघि बढाउन सहयोग गरेको छ । राष्ट्रिय दलसम्म हुने योजना हो तर अहिले नै सरकार बनाउने योजनाआफ्नु दलको नभएको प्रष्ट पारे ।
आफ्नु पार्टी साझा विवेकशील अहिले भएको नेमकिपा र जनमोर्चा जस्तो भएर नबस्ने मिश्रको भनाइ प्रष्ट रहेको छ ।
देशमा परिवर्तन चाहानेहरुले नयाँ व्यक्तिलाई नेतृत्वको लागि भोट दिनै पर्छ अनि मात्रै देश सम्वृद्धि हुन्छ नत्र आउने कयौ पुस्ताले हामीले जस्तै दु:ख पाईरहन्छ ।
हेर्नुस बेजोड राजनैतिक अन्तर्वार्ता


