मन्त्री बनेपछि के के काम गरे सुनिल थापाले ? यसो भन्छन थापा – हेर्नुहोस् भिडियो
धनकुटा खबर । यतिवेला निर्वाचनको सरगर्मी बढेको छ । खासगरी जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारबीचको प्रतिष्पर्धाले धनकुटाको चुनावी माहोललाई तताइदिएको छ ।
धनकुटामा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका राजेन्द्र राई र लोकतानित्रक गठबन्धनका तर्फबाट सुनीलबहादुर थापा चुनावी मैदानमा छन् । दुवै जना बलिया उम्मेदवार भए पनि तुलनात्मक रुपमा लोकतान्त्रिक गठबन्धनका थापा चिरपरिचित अनुहार हुन् ।
उनी २०७० मा भएको संविधान सभाको निर्वाचनमा धनकुटा क्षेत्र नं. २ बाट अहिलेकै प्रतिष्पर्धी राईलाई पराजित गरेका थिए । थापा धनकुटाबाट निर्वाचित भएपछि बाणिज्य तथा आपूर्ती मन्त्री बने । जुनबेला इतिहासकै राम्रो काम भएको छ ।
वर्षाैदेखि घाटामा जादै आएको नेपाल आयल निगमलाई उनले मन्त्रालय सम्हालेपछि क्रमस नाफामा जान थाल्यो । ३८ अर्ब ऋण तिरेर निगमले मासिक करोडौ नाफा आर्जन गर्न थाल्यो । अहिले नेपाल आयल निगम ८ अर्बभन्दा बढीको नाफामा छ ।
त्यतिमात्र होइन, उनले मन्त्रालय सम्हालेपछि नेपालकै इतिहासमा पहिलोपटक पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरे । जुनबेला नेपालमा पेट्रोलिय पदार्थको मुल्य १ सय ७५ भन्दा माथि थियो । थापाकै सक्रियतामा स्वचालित मूल्य प्रणाली लागू भएपछि हाल नेपालमा ९९ सय रुपैयाँमा पेट्रोल पाइन्छ । त्यसको श्रेय उनै थापालाई जान्छ ।
मन्त्री बनेपछि के के काम गरे सुनिल थापाले ? र किन जिताउने थापालाई ? हेर्नुहोस् उनीसँग लिएको अन्तरवार्ता भिडियो


