अब बाम गठबन्धनलाई सरकार बनाउँन कसैले रोक्न सक्दैन : ओली (भिडियो सहित)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले २० दिन भित्र नयाँ सरकार बनाउने दाबी गरेका छन् । माउन्टेन टेलिभिजको विशेष प्रस्तुतिमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष ओलीले जनताका आकांक्षा पूरा गर्नका लागि वाम गठबन्धन प्रतिवद्ध रहेको बताउँदै चुनावी नतिजालगत्तै सरकार गठन गर्ने बताए ।
को प्रधानमन्त्री बन्ने भन्ने विषयमा चुनावपछि छलफल गरेर निर्णय गरिने ओलीको भनाई छ । प्रधानमन्त्री को बन्ने भन्ने विषयमा माओवादी अध्यक्ष प्रचण्डसँग कुनै सहमति नभएको ओलीले बताए ।
वाम गठबन्धन पूर्ण लोकतान्त्रिक भएको दाबीसमेत ओलीले गरे । “यो गठबन्धन लोकतान्त्रिक, राष्ट्रिय एकताको लागि हो ।” – हेर्नुहोस उक्त भिडियो


