पूर्व डिआइजी नवराज सिलवाल एमालेको तर्फबाट उम्मेदवार रहेको ललितपुरमा पनि मतगणना शुरु, यस्तो छ ताजा अवस्था…

ललितपुर । ललितपुरमा मतगणना सुरु भएको छ । रातीदेखि क्षेत्र नं २ र ३ को मतगणना सुरु भएको हो । क्षेत्र नं १ को मतगणना भने शुक्रबार बिहानदेखि मात्रै सुरु गर्ने तयारी छ ।

ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा ७२ प्रतिशत मत खसेको छ । क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा चुनावमा पूर्व डिआइजी नवराज सिलवाल र कांग्रेस उम्मेदवार उदयशमशेर राणाबिच तिब्र प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । क्षेत्र नं २ मा कांग्रेसका चन्द्र महर्जन र एमालेका कृष्णलाल महर्जनबीच कडा प्रतिष्पर्धा हुने अनुमान छ ।

क्षेत्र नं। ३ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषाल र कांग्रेसबाट मदन बहादुर अमात्य उम्मेदवार हुनुहुन्छ । ‘हेभीवेट’ र चर्चाका हिसाबले ललितपुरको क्षेत्र नं १ र ३ बढी चर्चामा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।