ललितपुर ३ मा पम्फा भुसाललाई पछि पार्दै कांग्रेसका अमात्यको अग्रता कायमै

२ मा एमालेका कृष्णलाल महर्जन अगाडि, क्षेत्र नम्बर १ को गणना हुँदै

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा माओवादी प्रवक्ता पम्फा भुसाललाई शुरुदेखि नै पछि पारेका कांग्रेस नेता मदनबहादुर अमात्यले अग्रता फरालिको पार्दै लगेका छन् । पछिल्लो आधिकारिक जानकारी अनुसार कांग्रेसका अमात्य ६२४३ मतका साथ अगाडि छन् ।

माओवादीकी पम्फा भुसालले ५५२२ मतका साथ पछ्याइरहेकी छन् भने विवेकशील साझा पार्टीका उज्जलकृष्ण श्रेष्ठ १२३५ मतका साथ तेस्रो स्थानमा छन् ।

त्यस्तै, ललितपुर २ मा एमालेका कृष्णलाल महर्जनले अग्रता फराकिलो पार्दै लगेका छन् । महर्जनले ९५३२ मत प्राप्त गरेर अग्रता लिइरहदा कांग्रेसका निवर्तमान सांसद चन्द्र महर्जन ६१७० मतका साथ दोस्रो स्थानमा छन् ।

विवेकशील साझा पार्टीका अमिर महर्जनले ९२४ मत पाएका छन् । ललितपुर क्षेत्र नम्बर १ मा भने मतगणना शुरु भइसकेको छैन । केहीबेरमा सो क्षेत्रको पनि मतगणना शुरु हुने मतगणनास्थलबाट पत्रकार घनश्याम धमलाले जानकारी दिएका छन् ।

सो क्षेत्रमा कांग्रेसबाट अर्थराज्यमन्त्री उदयशमसेर जबरा र एमालेबाट पूर्व डिआइजी नवराज सिलवाल प्रतिस्पर्धामा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।