ताजा अपडेट : कुन दलले कहाँ-कहाँ जिते ? कसको कति अग्रता ?

काठमाण्डौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धन अगाडी रहेको छ ।

वाम गठबन्धनको नेकपा एमालेले हालसम्म प्रतिनिधिसभा २ सिट र प्रदेशसभामा पनि ३ सिट जितेको छ । प्रतिनिधिसभामा एमालेले १७ स्थानमा अग्रता लिएको छ । त्यस्तै प्रदेशसभामा एमालेले २२ स्थानमा अग्रता लिएको छ ।

त्यसैगरि वाम गठबन्धनकै अर्काे दल नेकपा माअोवादी केन्द्र हालसम्म प्रतिनिधिसभाको १ क्षेत्रमा विजयी भएको छ भने २ प्रदेशसभामा विजयी भएको छ । प्रतिनिसभामा १४ स्थानमा अग्रता लिएको छ । प्रदेशसभामा भने माअोवादीले १२ स्थानमा अग्रता लिएको छ ।

त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसले प्रतिनिधिसभामा हालसम्म विजयी भएको छैन् । प्रदेशसभामा भने १ क्षाेत्रमा विजयी भएको छ । कांग्रेस प्रतिनिधिसभाको ५ स्थानमा अगाडी रहेको छ । प्रदेशसभामा भने कांग्रेसको ७ स्थानमा अग्रता छ । लोकतान्त्रिक गठबन्धनकै अर्को दल नयाँ शक्ति नेपाल भने प्रतिनिधिसभा एक स्थानमा मात्रै अग्रता छ ।

नेकपा एमाले विजयी भएका स्थानहरू

मुस्ताङको प्रतिनिधिसभा-१ मा प्रेमप्रसाद तुलाचन-३५४४
मनाङको प्रतिनिधिसभा-१ मा पाल्देन छोपाङ गुरूङ-२३००
डोल्पाको प्रतिनिधिसभा-१ को प्रदेसभामा ‘क’ मा नन्दसिंह बुढा-५४९०
मुस्ताङको प्रतिनिधिसभा-१ को प्रदेसभामा ‘क’ मा महेन्द्रबहादुर थकाली-२५८४
मुस्ताङको प्रतिनिधिसभा-१ को प्रदेसभामा ‘ख’ मा इन्द्रधारा विष्ट-११६७

नेकपा माअोवादी केन्द्र विजयी भएका स्थानहरू

पूर्वी रूकुमको प्रतिनिधिसभामा नेकपा माओवादीकी कमला रोका-१०४३४
पूर्वी रूकुमको प्रदेशसभा-१ मा तेजबहादुर वली ‘प्रतिक’-५४२७
पूर्वी रूकुमको प्रदेशसभा-२ मा पूर्णबहादुर घर्ती ‘आयाम’-५८१६

नेपाली कांग्रेस विजयी भएका स्थानहरू

मनाङको प्रतिनिधिसभा-१ को ‘क’ मा चिन्ताबहादुर घले-९९८



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।