कांग्रेस नेता धनराज गुरुङले भने,- देउवाकै नेतृत्वमा चल्यो भने कांग्रेस पार्टी सकिन्छ (भिडियो सहित)
काठमाडौं । कांग्रेस भित्र इमान्दार नेताका रुपमा चिनिने नेता हुन् धनराज गुरुङ। गुरुङ नेपाली कांग्रेस प्रति आस्था नराख्ने अन्य पार्टीका नेता कार्यकर्ताका लागी पनि प्रिय छन्।
भारतीय नाकाबन्दीको रुपमा संसद भित्र खरो आवाज उठाएर होस् या भ्रष्टचार र भ्रष्टचारीको खिलापमा बोल्ने र आफ्नै पार्टी नेपाली कांग्रेसका गलत निर्णयको बारेमा पनि धनराज गुरुङ सार्वजानिक रुपमै आवाज उठाउछन्।
दोस्रो संविधानसभामा समानुपातिक कोटामा सासंद बनेका धनराज गुरुङले यो पटक प्रतिनिधी सभामा स्यांग्जा क्षेत्र नम्बर १ बाट टिकट पाएनन्। पार्टीले गुरुङलाई प्रदेशसभाको टिकट दिने निर्णय गरेपछि उनले त्यसलाई अस्वीकार गरेका थिए।पार्टी गुटबन्दिमा चलेको र डनबाद र धनवादलाई पार्टीले अंगालेको कारण नेपाली कांग्रेसको भविष्य नै खतरामा परेको गुरुङले सार्वजानिक रुपमै बताउने गरेका थिए।
दोस्रो संविधानसभाको निर्वाचनपछि पहिलो पार्टी बनेको नेपाली कांग्रेस यसपालिको निर्वाचनमा तेस्रो दलमा झरेको छ। पार्टीका प्रभावशाली भनिएका नेताहरुले समेत चुनाव हारे।
चुनावमा कांग्रेसको लज्जास्पद हारपछि पार्टीका नेताहरुले बाम गठबन्धनको कारण पार्टीले हारेको अनौपचारिक रुपमा बताइरहेका छन्।यधपी यसमा पार्टीको औपचारिक धारणा आउन नै बाँकी छ।
माउन्टेन टिभीको निर्वाचन विशेष कार्यक्रममा बोल्दै नेता गुरुङले कांग्रेस हारको जिम्मेवारीबाट उम्किनको लागी बाम गठबन्धनलाई देखाउन खोजिरहेका तर बाम गठबन्धन हुँदा पनि पहिलो पार्टी हुनसक्ने गरेर कांग्रेस नेतृत्वले पार्टी हाक्न नसकेको आरोप लगाए।
कुराकानीको क्रममा नेता गुरुङले भने- गठबन्धन मिलेको कारणले कांग्रेस सानो पार्टी भयो भनेर भन्नू चित्त बुझाउने बाटो मात्रै हो। यसरी चित्त बुझाएर पुरानै ढंगबाट पार्टी चलाउन नहुने र राष्ट्रिय मुद्धाहरुलाई ठिक ढंगले केलाएर अगाडी बढ्न पर्छ र मुलुकप्रतिको समर्पणभाव जनता समक्ष पुराउन पर्छ।
भ्रष्टहरुले चुनाव लड्न पाउनपर्छ भनेर संशोधन विधेयक हाल्दा त्यसलाई आफूले विरोध गरेर रोकेको लगायत थुप्रै जनताको अहित हुने कुरामा संसद भित्र खरो रुपमा आवाज उठाएको कुरा जनताले राम्रो सँग बुझेको र यदि पार्टीले आफूलाई प्रतिनिधि सभा सदस्यको टिकट दिएको भए कांग्रेस सर्वत्र हार्दा गगन थापाले काठमाडौंबाट जिते झैं आफूले पनि स्यांग्जाबाट जित्ने दाबी धनराज गुरुङले बताए।
नेता गुरुङले अगाडी भने-जे,गरेपनि महाराज हजुरले ठिक गरिबक्सेको छ भनेर कांग्रेसका नेतृत्व वर्गलाई महाराज मानेर धाउनेहरुको आँखा खुलेन भने कांग्रेस पार्टी सकिन्छ। हेर्नुहोस् भिडियो


