गिरिजाप्रसाद कोइराला जति राष्ट्रघाती कोहि जन्मेनन्, १० पल्ट प्रधानमन्त्री भए पनि देउवाले राष्ट्रहितमा कुनै काम गर्न सक्दैनन ! (भिडियो सहित)
गिरिजा जति राष्ट्रघाती यो देशमा कोहि पनि जन्मेन ,मर्नु २ दिन अघि पनि राष्ट्रघात गरेरै गए । राष्ट्रलाई विखण्डन त्यो मोड धकेले जहाँबाट फर्किनु ठुलो मुल्य चुकाउनु पर्छ । भ्रष्टाचारको त्यो भवसागरमा मुलुकलाई डुबाए जहाँबाट कसरी निस्कनु छेउपत्तो छैन ।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मधेसी मोर्चासित उनले नाजायज सम्झौता गरे, जसको मूल्य आज देशले चुकाउनु परिरहेको छ । २०६४ सालमा मधेस आन्दोलन हुँदा गिरिजाले भारतीय दुतावासमा आफ्ना नेता पठाएर आठबुँदे सम्झौता गरेका हुन् ।
त्यहाँ मधेसवादी दलबाट जेपी गुप्ता, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरसित उनीहरुको सहमति भएको थियो । त्यहि सहमतिका आधारमा २०६४ साल फागुन १६ गते गिरिजाले प्रचण्ड र माधव नेपाललाई दायाबाया राखेर मधेसी मोर्चासित सम्झौता गरे ।
उक्त सम्झौतामा ‘स्वायत्त मधेस प्रदेश निर्माण गर्न सकिने’ उल्लेख छ । गिरिजाले गरेको यो गम्भीर त्रुटीकै कारण आज तराईका आठ जिल्लालाई छुट्टै प्रदेश दिनुपर्ने अवस्था आएको हो भन्दा फरक पर्दैन ।
गिरिजाप्रसादलाई म नेपालको खलनायक मान्छु । उनको प्रधानमन्त्रीकालमा नेपालले धेरैथोक गुमायो । उनले आफू कुर्सीमा टिक्न जस्तोसुकै राष्ट्रघाति सम्झौता गर्न तयार भए । भारतीय स्वार्थमा नेपालका उद्योगधन्दा सबै बलिदान गर्ने उनै हुन् ।
उनकै कालखण्डमा लाखौं भारतीयलाई नागरिकता दिने काम भएको हो । गिरिजाले अंगीकृत नागरिकता दिएका भारतीयहरु नै आज मधेसीका नाममा आन्दोलनरत छन् ।


