झलनाथ खनाल भन्छन,- कसैलाई टिका लगाइदिएर अहिल्यै पार्टीको अध्यक्ष बनाउदैनौं (भिडियो सहित)
नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भर्खरै सम्पन्न निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट विजयी भए।खनाल २०४८ सालदेखी अहिलेको निर्वाचन सम्म लगातार पाँचौं पटक सांसदको रुपमा निर्वाचित भएका हुन्।
पाँचौं पटक निर्वाचित भएका खनालले माउन्टेन टिभीमा कुराकानी गर्दै भने -देश र जनताको हितमा आफू लगातार समर्पित भएका कारण पटक-पटक जनताले मलाई विश्वास गरेर जिताएका हुन्।
राजनितीक संघर्ष,क्रान्तिको युग सक्किएको भन्दै अब देश नयाँ युगमा प्रवेश गरेको र अबको युग आर्थिक युग हो। त्यसको लागी पूर्वाधार तयार गर्नतिर लाग्न पर्ने खनालको भनाई छ।
माओवादी र एमाले विचको एकिकरण अलि लामो र जटिल हुने बताउदै नेता खनालले भने- बैचारिक,राजनैतिक,सैद्धान्तिक रुपले एकरुपता कायम गरेर मात्रै सांगठनिक रुपमा एकता कायम हुन सक्छ।
पार्टी कार्यदिशा निति र सिद्धान्तका आधारमा चल्छ।जसले पार्टीका निति,कार्यदिशा र सिद्धान्त निर्माण गर्ने काममा राम्रो भूमिका खेल्छ उसैलाई पार्टी अध्यक्ष बनाउछौ। तर कसैलाई टिका लगाएर पहिल्यै पदको बाँडफाड नगर्ने खनालको भनाई थियो। हेर्नुहोस् भिडियो


