कांग्रेसका युवा नेता प्रदीप पौडेल भन्छन्,- कांग्रेस नेतृत्वले कि पार्टी जोगाउने सुत्र दिनुपर्यो, कि नेतृत्व छोड्नु पर्यो – भिडियो सहित
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल तनहुँ २ ‘ख’ को प्रदेशसभा सदस्यमा ५ मतले पराजित भएका छन्। तनहुँ–२ ‘ख’ मा पौडेललाई वामगठबन्धनकी उम्मेदवार आशा कोइराला खनालले झिनो मतले पराजित गरेकी हुन्। खनालले १६ हजार ६ सय ४६ मत ल्याइन् भने पौडेलले १६ हजार ६ सय ४१ मत ल्याएका थिए । हालसम्मका नजिता मध्ये पौडेल सबैभन्दा कम मतान्तरले पराजित हुने नेता बनेका छन् । यो अहिलेसम्मकै सबैभन्दा कम मतान्तरको पराजय हो। माओवादी केन्द्रबाट उम्मेदवारी पाएकी विनाविभागीय राज्यमन्त्री पनि हुन्। उनी पौडेलसंग संग माउन्टेन टिभीमा लिएको यो अन्तर्वार्ता हेर्नुहोस


